ghar sansar

प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिशका लागि पार्टी कार्यालयमा एमाले कञ्चनपुरको बैठक बस्दै

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिशका लागि पार्टी कार्यालयमा बैठक राखेको छ । बैठकमा सहभागी एमाले केन्द्रीय उप महासचिव लेखराज भट्ट पार्टी कार्यालय पुगेका छन् ।

एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीले जिल्लामा सिफारिश नाम छलफल गरी राय सहित सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरिने नेताहरुले बताएका छन् ।

,orning glory badhai

एमालेका तीन ओर्टै निर्वाचन क्षेत्रीय समन्वय कमिटीले पार्टीको उम्मेदवार सिफारिश मापदण्ड अनुसार उम्मेदवार चयन गरी जिल्ला कमिटीमा पठाएका छन् ।

कञ्चनपुर ३ बाट पूर्व साँसद डा. दिपक प्रकाश भट्ट क्षेत्रीय समन्वय कमिटीबाट एकल सिफारिश भएका छन् । उनी २०७४ मा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए । एमाले पार्टी कार्यालयमा आइतबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले भट्टलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

क्षेत्र नं. ३ बाट भट्टसंगै एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, युवा नेताहरु रबिन्द्र देबकोटा, प्रशान्त भट्ट र नन्दलाल चटौत आकाँक्षी थिए । पार्टी कार्यालय बैठकमा सबै आकाँक्षीहरुले आफ्नो धारणा राखेपछि सहमति खोजिएको थियो ।

एमाले मापदण्द अनुसार एक महिला सहित तीन जना उम्मेदवार सिफारिश गर्न लागिएको छ । क्षेत्र नं. ३ मा महिला आकाँक्षी नभएको नेताहरुले बताए ।

कञ्चनपुर १ बाट निवर्तमान साँसद तारालामा तामाङ्ग सहित केन्द्रीय सदस्य कमला बोहरा इन्दु कडरिया विष्ट सिफारिश भएका छन् । तामाङ्ग २०७९ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

त्यस अघि २०७४ मा सुदूरपश्चिम प्रदेश सभा सदस्य जितेर उनी केही महिला आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । एमालेमा मौन कुटनीतिका नेता भनेर चिनिने तामाङ्ग एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।

बोहरा ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । विष्ट यस अघि केन्द्रीय सदस्य थिइन् । कञ्चनपुर २ मा चुनाव गरी एमालेले सिफारिश उम्मेदवार चयन गरेको छ ।

महेन्द्रनगर । कञ्चनपुर २ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिशका लागि तीन जना निर्वाचित भएका छन् । एमाले निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीले शनिबार राखेको छलफलमा आकाँक्षीहरुबीच सहमति हुन नसकेपछि आइतबार निर्वाचन गरिएको हो ।

प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पूर्व साँसद नर बहादुर धामी, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिह, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा र पार्वती जोशी चुनाव लडेका हुन् ।

dirghayi clinic

उनीहरुमध्ये अशोक चन्द, नर बहादुर धामी र पार्वती जोशी उम्मेदवार सिफारिशका लागि निर्वाचित भएका छन् । चन्द र धामी पुरुष खुला तथा पार्वती जोशी महिलाबाट निर्वाचित भएकी छन् ।

चुनावमा निवर्तमान मेयर चन्दले सबैभन्दा बढी मत ल्याएका छन् । उनले खसेको मतको ६९ मत पाएका छन् । पूर्व सासँद धामीले निर्वाचनमा ५७ मत पाएका छन् । सिह ५० मत पाएर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश हुन रोकिएका छन् ।

प्रतिनिध सभा सदस्य उम्मेदवारका लागि निर्वाचित चन्द एमाले कञ्चनपुरका उप सचिव हुन् ।

२०७९ को निर्वाचनमा बेदकोट नगरपालिकाका मेयर निर्वाचित भएका उनले एमालेको ११ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएका थिए ।

शालिक र हक्की स्वभावका चन्द एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक पनि हुन् ।

एमाले आठौं महाधिवेशनबाट जिल्ला पदाधिकारी हुन खोजेका उनी नवौमा आएर उप सचिव भएका हुन् । नवौ जिल्ला अधिवेशनमा उनी अध्यक्षका दाबेदार थिए ।

सर्वसम्मति सहमति बनाउने भएपछि अध्यक्षको दाबेदारी छाडेर उनी उप सचिव भएका थिए ।

एमाले ११ औैं महाधिवेशनमा उनी प्रतिनिधि नभएर बाहिर बसेका थिए । क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको थियो ।

एमाले जिल्ला अध्यक्ष बुढा ४१ मत ल्याएर प्रतिनिधि सभा सदस्यका लागि सिफारिशबाट रोकिएकी छन् । उनी भन्दा तीन मत बढी ल्याएर पार्वती जोशी सिपारिशका लागि निर्वाचित भएकी हुन् । उनले ४४ मत ल्याएकी छन् ।

जोशी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् । २०७९ को निर्वाचनमा बेदकोट नगरपालिकाको उप निर्वाचनमा पराजित गरी यस अघि ११ आठौं महाधिवेशनमा प्रतिनिधि थिइन् ।

प्रतिनिधि सभा सदस्य सिफारिशका लागि निर्वाचित सबै बेदकोट नगरपालिकाका हुन् । कञ्चनपुर २ मा बेदकोट नगरपालिका, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छ ।

निर्वाचन क्षेत्र नं. २ भित्रका एमाले जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्ष लगायतमा निर्वाचनम मतदाता थिए । कञ्चनपुर २ मा चुनाव गरी उम्मेदवार चयन गरिएका छन् ।

एमाले पार्टी कार्यालय बैठकमा सहभागी हुन केन्द्रीय उप महासचिव भट्ट सहित केन्द्र्रीय सदस्यहरु निरुदेबी पाल, कृपाराम राना, केन्द्रीय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेल, जिल्ला पदाधिकारी, सदस्यहरु पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...