ghar sansar

आफैंले पढाएको विद्यालयलाई बेल्डाँडीका अध्यक्षले यसरी हाल्दैछन् भूमरीमा

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले मनोमानी रुपमा शिक्षक दरबन्दी मिलान गरी पदस्थापन गरेपछि आफैंले अध्यापन गराएको गणेश माध्यमिक विद्यालय भुर्सालाई विवादमा पारि दिएका छन् ।

गाउँपालिका अध्यक्ष हुन अघि राना गणेश मावि भुर्साका राहत शिक्षक थिए । राहत शिक्षक हुँदा काँग्रेस कञ्चनपुरको उप सभापति भएका उनी पछि राजीनामा दिएर चुनाव लडेका थिए ।

,orning glory badhai

गाउँ पालिका अध्यक्ष भएपछि रानाले गत असोज९ गते शिक्षक दरबन्दी मिलान गर्ने कार्यपालिकाबाट निर्णय गराएका थिए ।

रौलेश्वर माविका स्थायी दरबन्दीका प्रधानाध्यापक कृपाराम उपाध्ययलाई गणेश मावि सरुवा गरी उनको स्थानमा राहत दरबन्दीका शिक्षक विष्णु सिह भण्डारीलाई रौलेश्वर पठाएका थिए । अध्यक्ष रानाले आफ्नो वडाका विद्यालयका लागि स्थायी दरबन्दीसित राहत सट्टापट्टा गरेपछि शिक्षक दरबन्दी मिलान विवादमा परेको थियो ।

रौलेश्वरबाट सरुवा गरिएका शिक्षक उपाध्ययले आफूमाथि अन्याय गरिएको भन्दै शिक्षक दरबन्दी मिलान विरुद्ध प्रशासनिक अदालतमा मुद्दा दिएपछि अन्तरकालिन आदेश दिइएको थियो ।

गाउँपालिकाले अदालतको आदेश अटेर गरी शिक्षक पदस्थापन गरेपछि अहिले अध्यक्ष सहित कार्य पालिका सदस्य अदालतको अपहेला मु्द्दामा जवाफ पेश गर्न काठमाडौं हिँडेका छन् ।

रौलेश्वरबाट सरुवा गरिएका शिक्षक हाजिर नभएपछि विद्यालयमा पठनपाठन रोकिएको छ । एसइई परीक्षा आउँदासम्म शिक्षक नभएपछि विद्यार्थीहरु चिन्तामा छन् । उपाध्यय गणित विषयका शिक्षक हुन् ।

भण्डारी कार्तिक कार्तिक १७ गते रौलेश्वर माविमा हाजिर भएको जानकारी गाउँपालिकासम्म पुगेको छ ।

प्रधानाध्यापक उपाध्ययले गाउँपालिकाले असोज ९ गते गरेको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वनयन नगरी बदरको माग राख्दै गाउँपालिका र गाउँपालिका कार्यालय विरुद्ध प्रशासकीय अदालत काठमाडौं मुद्दा दायर गरेका थिए ।

dirghayi clinic

उपाध्ययको मुद्दामा प्रशासकीय अदालतले कार्तिक २७ गते निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो । गाउँपालिकाले त्यस आदेश विपरित निर्णय कार्यान्वयन अघि बढाएर शिक्षक पदस्थापन गरेपछि उनी अदालतको अपेहलना मुद्दामा सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधिशद्वय मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलाशले लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

‘निवेदकको माग बमोजिम सजाय किन हुन नपर्ने हो, सजाय हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक ७ दिनभित्र आफैं वा प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश भएको जानकारी गराइन्छ’ आदेशमा भनिएको छ ।

प्रशासकीय अदालतले शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी सहितको पत्र कार्तिक २८ गते शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई पठाएको थियो ।

इकाईले बेल्डाँडी गाउँपालिकालाई प्रशासनिक अदालतको भएको निर्णय सहित मंसिर १७ गते पत्र पठाएको थियो ।

गाउँपालिका अध्यक्ष एबम् गाउँपालिका शिक्षा समितिले गलत नियत राखेर दशैं विदा अघि शिक्षक दरबन्दी मिलान गरिएको निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष शान्ति नाथले प्रमुख प्रशासकीय अधिकृत विकलाई निवेदन दिएकी थिइन् ।
उपाध्यक्ष नाथ दशैैं पूजापाठका लागि पुख्र्यौली गाउँ हिँडेपछि गाउँ कार्यपालिका बैठकबाट शिक्षक दरबन्दी मिलानको निर्णय गरिएको थियो ।

बेलडाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भानुभक्त जोशीले अध्यक्ष सहित कार्यपालिका सदस्य र कर्मचारी काठमार्डौं हिँडेकोबारे आफूलाई जानकारी नभएको बताए ।

उनले प्रमुख प्रशासकीय अधिकृत बिक भने धनगढी तालिममा भएको जनाए ।

‘अरु कहाँ हुनु हुन्छ थाह छैन, हाकिम साप चाहिँ धनगढी तालिममा हुनु हुन्छ, म तालिममा छु भनेर मलाई निमित्त दिइएको हो’ उनले भने ।

गाउँपालिकाको गाडी भने कार्यालयमा नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

यस सम्बन्धि जानकारीका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकलाई फोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेन ।

Himal dental
सम्बन्धित
Loading...