ghar sansar

कबर्ड हलबाट फिर्ता ल्याइयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड

little buddha academy
khasi

भुवन भट्ट
महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको शिल्ड नगरपालिका फिर्ता ल्याइएको छ । कबर्ड हलमा गरिएको १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आइतबार भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी समापन गरिएको छ ।

समापन कार्यक्रममा विधागत शिल्ड सहित विद्यार्थीलाई पदकहरु वितरण गरिएका छन् । समापन कार्यक्रममा प्रतियोगिताको विजेता विद्यालय घोषणा नगरी शिल्ड फिर्ता ल्याएर नगरपालिकाले ल्याइएको हो ।

,orning glory badhai

प्रतियोगितामा उसु खेलको पदक गणनालाई लिएर विवाद भएको थियो । प्रतियोगिता निर्णायक समितिले राष्ट्रिय खेलकूद परिषद्को पत्रलाई वेवास्ता गरी पदक गणना नहुने निर्णय गरेपछि विवाद चर्किएको थियो ।

उसुका पदक सहित गणना भए बैजनाथ माध्यमिक विद्यालय सबैभन्दा बढी पदक भएर शिल्ड पाउने थियो । बैजनाथले जितेका पदक गणना नहुँदा सिद्धनाथ अमर मावि गड्डाचौकी पहिलो र पूर्णा मावि ऐरी दोस्रो स्थानमा छन् ।

गणना गरिएका पदकले सबैभन्दा बढी अंक पाएको सिद्धनाथ अमर माविलाई समेत शिल्ड दिइएको छैन । समापन कार्यक्रममा विद्यालयका शिक्षकहरुले शिल्ड पाउनु पर्ने माग राखेका थिए ।

सिद्धनाथ अमर माविका खेल शिक्षक नितेश रावलले सबैभन्दा बढी अंक भएकाले विद्यालयले शिल्ड पाउनु पर्ने माग राखेको बताए ।

dirghayi clinic

आयोजकले भीमदत्तका मेयर पदम बोगटीबाट शिल्ड हस्तान्तरण गरिने भएकाले अहिले नदिइएको जवाफ दिएको उनले बताए । ‘शिल्ड दिनु पर्ने माग राखेका थियौ, अब मेयर सापले बाँड्ने भन्ने कुराको जानकारी भयो’ उनले भने ।

गत वर्ष गड्डाचौकीले ६ महिनापछि शिल्ड पाएको थियो । उसुका पदक सहित गणना हुँदा सबैभन्दा बढी पदक पाएर बैजनाथ माविलाई शिल्ड दिइएको थियो ।

सिद्धनाथ अमर मावि सहितले प्रतिस्पर्धा नगरी एकलौटी रुपमा पदक दिइएको भन्दै विरोध गरी समापन कार्यक्रम बहिस्कार गरेका थिए ।

त्यसपछि भीमदत्तले दुबै विद्यालयसित छलफल गरी ६ महिनापछि बैजनाथबाट शिल्ड खोसेर गडडाचौकीलाई दिएको थियो ।

यस वर्ष प्रतियोगितामा ५ विद्यालयले भाग लिएका थिए । आयोजकले प्रतिस्पर्धा नभएको भन्दै पदक गणना नगरेपपछि बैजनाथले समापन कार्यक्रममा शिल्ड सहित पदक बहिस्कार गरेको छ ।

भीमदत्त नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले उसुका पदकलाई लिएर विवाद देखिएका कारण शिल्ड वितरण नगरिएको बताए ।

भीमदत्तका नगर प्रवक्ता अवस्थीले भने आफूलाई यसबारे थाहा नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...