ghar sansar

हराएको छोराको खोजीमा भौतारिएकी छन् बाजुराकी बुदीदेबी

little buddha academy
khasi

महेन्द्रनगर । बाजुराको बुढीगंगा नगरपालिका ८ की बुदीदेबी लुहार बिहीबार महेन्द्रनगर बजारका पसल र होटेल छोराको सोधीखोजी गर्दै दिउँसो नेपाल रेडक्रस सोसाइटीको कार्यालय नजिक पुगेकी थिइन् ।

एक साता अघि छोरा रमित हराएपछि उनी खोजीमा छिन् । भीमदत्त नगरपालिका १८ कटानमा डेरामा बस्ने उनी छोरा हराएपछि खोजीमा भौतारिएकी छन् । पिसाब फेर्न शौचालय जाने भन्दै कोठाबाट निस्केका छोरा नफर्केपछि उनी चिन्तामा छिन् ।

,orning glory badhai

‘आइतबारदेखि हराएको हो, गायब भाको ६ दिन भयो, पिसाब फेर्ने भनेर निस्कको हो’ बिहीबार दिउँसो भीमदत्त नगरपालिका कार्यालयको प्राङ्गणमा भेटिएकी उनले भनिन्, ‘ यो दिमाग पुणो उड्यो, यसै सोधुला होटेल भनेर, काइ कसैका होटल छ कि सोधुला भनेर आको ।’

महेन्द्रनगर माध्यमिक विद्यालय कक्षा ४ पढ्ने रमित हराएपछि उनका जेठा छोरा मनोज पनि खोजीमा छन् । मनोज सिद्धनाथ विज्ञान क्याम्पसमा पढ्छन् । मनोज पढाई छाडेर खोजीमा लागेको उनी बताउँछिन् ।

रमितले घर छाड्न अघि बुदीदेबीलाई आफू होटलमा काम गर्न सक्ने भएकाले चिन्ता नगर्न भनेर भन्ने गरेको थियो । अहिले उनी हराएपछि बुदीदेबी होटेलमा काम गर्न भागेको आशंका गर्छिन् । ‘त्यो हराउन अघि मलाई होटलमा काम मिल्दो मेरो चिन्ता किन गर्ने भन्थ्यो’उनले भनिन् ।

बुदीदेबीका तीन छोरामध्ये रमित कान्छा हुन् । माइला मनोज विज्ञान क्याम्पस पढ्छन् । जेठा दिल्लीमा काम गर्छन् । बुदीदेबी तीन महिना अघि महेन्द्रनगर आएर छोराहरुसित बस्न थालेकी हुन् । त्यस अघि उनी बाजुरामै बस्ने गर्थिन् ।

dirghayi clinic

भारतमा चौकीदार गर्ने उनका श्रीमान खड्केको केही महिना अघि निधन भएको थियो । श्रीमानको निधनपछि गाउँ शोकमा परेकी उनी महेन्द्रनगर आएर छोराहरुसित बस्न थालेकी हुन् ।

श्रीमान गुमाएर शोकमा भएकी उनी छोरा हराएपछि थप तनावमा परेकी छन् । दिल्लीमा निधन भएका श्रीमान सम्झँदा उनका आँखाबाट अझै आँशु झर्छन् । बिहीबार छोरा हराएको जानकारी दिँदा समेत श्रीमान सम्झेर उनले आँखाबाट आँशु खसालिन् ।

मंसिर २० गते महेन्द्रनगर आएकी उनी आफू समेत हराउने डर भएको बताउँछिन् ।

श्रीमान खड्केको निधन के कसरी भएको भन्ने बारे उनलाई केही थाह छैन । निधनको खबर आउन अघि श्रीमानसित मोबाइलनमा कुराकानी भएको थियो । त्यस बेला उनले श्रीमानलाई छोराहरुका लागि खर्च पठाईन दिन आग्रह गरेकी थिइन् ।

त्यस अनुसार खड्केले खर्च पठाई दिएका थिए । खर्च पठाएको केही समयपछि निधनको खबर आएपछि बुदीदेबी छाँगाबाट खसेझैं भइन् । उनी निधनको कारण थाह नपाएकोले मन बुझाउन सकेकी छैनन् । 

पति वियोगको पीडाले मन बुझाउन नसकेपछि गाउँ छाडेर छोराहरुसित आएकी हुन् । भन्छिन्,‘घर मा देवरानी जेठनी कोह नभएपछि के गर्नु भनेर आकी ।’

रमितलाई खोज्न बिकका जेठा छोरा मनोजले प्रहरी कार्यालयमा निवेदन दिएका छन् । प्रहरीले खोजी गर्ने आश्वासन दिएको मनोजले बताए ।

‘खोजी गर्छु त भनेको छ, अहिलेसम्म केही पत्तो लागेको छैन, म पनि खोजी रहेकै छु’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...