
अष्ट्रेलिया बस्दै आएका भीनपा ११ का दिपक एस्केले आफ्नो जन्म दिनमा अनाथालयका बालबालिकालाई दिए खाजा र पुस्तक


महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेला सम्झना टोलका दिपक एस्कले जन्म दिनमा अनाथ बालबालिकालाई खाजा सहित पुस्तक, बिस्कुट र टफी दिएका छन् । एस्के हाल अध्ययनका लागि अष्ट्रेलियामा छन् ।

एस्केले बुवा बीरराम एस्केले शुक्रबार अनाथालयमा खाना, समान्य ज्ञानका पुस्तक र टफी हस्तान्तरण गरे । उनका बुवा एस्के भीमदत्त नगरपालिका १२ ओदालीस्थित बीपि स्मृति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

अनाथलयका बालबालिकालाई अतिरिक्त सामाग्री अध्ययनका लागि समान ज्ञानका पुस्तक सहयोग गरिएको उनले बताए ।
जगन्नाथ पुस्तक पसलका सञ्चालक नावराज भट्ट, अनाथालयका कार्यालय प्रमुख दिवाकर भट्ट लगायतका बालबालिका कार्यक्रममा सहभागी भए ।
