

महेन्द्रनगर । भीमदत्त नगरपालिका र धनगढी उप महानगरपालिकामा ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना’ सञ्चालन गरिएको छ । गैर सरकारी संस्था स्वीट नेपालले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा ती दुई स्थानीय तहमा परियोजना सञ्चालन गरिएको छ ।
स्वीट नेपालले मंगलबार परियोजनाको परिचयात्मक तथा समन्वय कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिका कार्य वाहक मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

जेनजी आन्दोलन पश्चात भएका विभिन्न समस्यामाहरु र अन्य संकटमा कसरी जिवन निर्वाह गर्ने कसरी मानसिक रुपमा स्वस्थ्य रहने कसरी कानुनी पहुँचमा लैजान सकिन्छ, भन्ने विषयमा रहेर यो परियोजनाले काम गर्ने भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अमिर तिरुवाले गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, उच्च अदालत दिपायल महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालत, सरकारी वकिल कार्यालय, नापी कार्यालय, कृषि ज्ञान केन्द्र, कञ्चनपुर बार एसोसिएसनका प्रतिनिधि सहभागी भएका छन् ।
सहभागीहरुले यो कार्यक्रमले सिमान्तकृत समुदायहरु, विपदबाट प्रभावितहरुलाई पनि समेटेर लैजानु पर्ने जोड दिए ।

कानुनी सहायता केन्द्र, एडभोकेसी,फोरमलगायत संग सहकार्य गर्नु पर्ने समुदायमा आवस्यक्ताको आधारमा कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख लेखकले यो परियोजना समय सान्दर्भिक रहेको र यसलदे प्रभावित क्षेत्रमा रहेका व्यक्तीहरुलाई अझै बढी फाईदा पुग्ने गरी र पहुँच नपुगेको क्षेत्रमा पहुँच पुय्राएर काम गर्न आग्रह गरिन् ।
पछिल्लो समय जेनजी आन्दोलनबाट प्रभावित हुनु भएकाहरुलाई कसरी समेटन सकिन्छ र आएका सल्लाह सुझावहरुलाई पनि लिएर यो परियोजनाले काम गर्नेछ भन्नेमा आफु विस्वस्त रहेको बताइन् ।
अध्यक्ष अमिर तिरुवाले संकट आईसकेपछिको त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा रहेर यो परियोजनाले काम गर्ने बताए ।
उनले कार्यक्रमबाट आएका सल्लाह सुझावहरुलाई पनि आत्मसाथ गरेर परियोजनाले काम गर्ने विश्वास व्यक्त गरे ।
संस्थाका प्रोग्राम म्यानेजर अमित सुनारले जेनजी आन्दोलनबाट प्रभावितहरुलाई कानुनी रुपमा उनिहरुलाई कसरी सम्बोधन गर्ने सकिन्छ उनिहरुको तथ्याङकमा पनि सहयोग गर्ने, मानसिक रुपमा समस्यामा रहेकाहरुलाई पनि सहयोग गरेर काम गर्ने योजना रहेको बताए ।
अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम लागु हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्री, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र सिह विष्ट, नागरिक समाजका सचिव प्रभुनिधि पन्त लगायतले सुझाव सहित मन्तव्य राखे ।
संस्थाका कर्मचारी मिना आउजीले सञ्चालन गरेको कार्यक्रममा स्वीट नेपालका संस्थापक कृष्ण सिह देउपा सहित अधिकारकर्मी भगवति थापा, लक्ष्मी बोहरा लगायत सहभागी भएका छन् ।

