ghar sansar

कञ्चनपुरमा आठ वर्षपछि सकियो चार पुलको निर्माण कार्य

little buddha academy
khasi

महेन्द्रनगर । तोकिएको समयमा निमार्ण नभएर पटक पटक म्याद थप गरिएका चार पुल आठ वर्षपछि निर्माण सकिएको छ ।

पटक पटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवले जानकारी दिए ।

,orning glory badhai

उनका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ। उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी थेगिम गाल्भा जेभीसँग पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

dirghayi clinic

“उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ”, प्रमुख यादवले भने, “यसरी वर्षौँदेखि अलपत्र परेका कञ्चनपुरका चार वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ।”

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निमार्णका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । “पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । दुई–तीन दिनभित्रै उक्त काम सम्पन्न हुन्छ”, उनले भने, “पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो ।”

त्यस्तै बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ। विसं २०७४ जेठमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी राजेन्द्र–लुम्बिनी जेभीसँग रु १३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, “समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएरसमेत निमार्ण सम्पन्न गरेका छौँ ।”

साभार  :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...