
कैलालीको गोदावरीका प्रकाश कुँबरले मेची महाकाली पैदल यात्रा गर्दै, महाकालीको पानी लिएर चार लेनमा पुलबाट यात्रा सुरु हुँदै


महेन्द्रनगर । महाकाली मेची पैदल यात्रा सुरु गर्न कैलालीको गोदावरीका प्रकाश कुँबर महेन्द्रनगर पुगेका छन् ।
भीमदत्त नगरपालिका १२ महाकाली नदीमा निर्माणाधिन चा लेन पुलबाट कुँबरले यात्रा सुरु गर्न लागेका छन् । यात्रालाई उनले महाकाली मेची एकता यात्रा नाम दिएका छन् ।

महाकाली नदीको पानी बोकेर मेची नदीमा मिसाउने र मेची नदीको पानी लिएर फेरि महाकालीमा चढाउने कुँबरले बताए ।

गोदावरी नगरपालिका ३ का कुँबरलाई यात्रा विदाईका लागि गोदावरीका मोहनराज भट्टराई, गोदावरीकै लाल बहादुर विष्ट उनीसंर्गै आएका छन् ।
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, सचिव शिशिर थापा लगायत कुँबरलाई विदाई गर्न महाकाली नदी पुगेका छन् ।
कुँबरले राष्ट्रिय एकताका लागि यात्रा गर्न लागेको र मेची पुग्न दुई महिना लाग्ने बताए ।
गोदावरीका भट्टराईले कुँबरको यात्राले राष्ट्रिय एकताका लागि सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
