

महेन्द्रनगर । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कञ्चनपुर २ मा योगेश साउँदलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले आफूलाई उम्मेदवार बनाउने निर्णय गरी टिकट दिइएको बताए । उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।

उज्यालो नेपालले कञ्चनपुर ३ मा भीम बहादुर कुमाल र १ मा माइकल तामाङ्गलार्ई उम्मेदवार बनाउने निर्णय गरेको साउँदले बताए ।
कञ्चनपुर ३ का उम्मेदवार कुमाल पनि पार्टीका केन्द्रीय सदस्य हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयर, उप मेयर सहित सबै वडामा टीम सहित स्वतन्त्र समूह बनाएर चुनाव लडेका सुनार उज्यालो नेपाल पार्टीमा आवद्ध भएका हुन् ।

