

महेन्द्रनगर । कञ्चनपुर २ मा आइतबारसम्म नेपाली कम्युनिष्ट पार्टीं(नेकपा) बाट उम्मेदवार भनेर प्रचार गरिएका लाल बहादुर खड्को स्थान अर्को नेताले लिएका छन् ।
सुदूरपश्चिम सरकारका पूर्व मन्त्री खड्कालाई पार्टी केन्द्रीय कमिटीले कञ्चनपुर २ मा उम्मेदवार बनाउने निर्णय गरिएको समाचार तीन दिन अघि सार्वजनिक भएका थिए ।

नेकपाले सुदूरपश्चिमका सबै प्रदेशमा टुङ्गो लगाएका उम्मेदवार सूचीमा पनि खड्काको नाम कञ्चनपुर २ मा उल्लेख गरिएको थियो ।

सोमबार विहानदेखि नेकपाका युवा नेता माधव पन्तले टिकट पाएको चर्चा बाहिर आएको छ । नेकपाका विद्यार्थी नेता प्रज्वल कुँबरले कञ्चनपुर २ मा पन्तले टिकट पाएको जानकारी दिए ।
खड्कालाई उम्मेदवार बनाउने समाचार बाहिर आएपछि पन्तले सामाजिक सञ्जालबाट टिकट निर्णयमा धैर्यता गर्न आग्रह गरेका थिए ।
पन्त नेकपाका सह संयोजक माधव कुमार नेपालका नजिकका हुन् । २०७९ को निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा पन्त पराजित थिए ।
खड्का र पन्त दुबै एमाले विभाजनपछि समाजवादी हुँदै नेकपा पुगेका हुन् ।

