ghar sansar

कञ्चनपुरमा नेकपाको टिकट विवाद छताछुल्ल, प्रचण्ड र नेपालसित सिधै पहुँच भएकालाई मात्रै टिकट

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर २ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले उम्मेदवार हेरफेर गरेपछि पार्टीभित्रको टिकट विवाद छताछुल्ल भएको छ । नेकपाले कञ्चनपुर २ मा उम्मेदवार बनाउने भनेर निर्णय गरेका पूर्व मन्त्री लाल बहादुर खड्काको स्थानमा माधव पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको बाहिर आएको छ ।

उम्मेदवार पन्त आफैंले सामाजिक सञ्जालबाट पार्टीको संयोजक प्रचण्ड र माधव कुमार नेपालबाट टिकट ग्रहण गरेको तस्बिर सार्वजनिक गरेका छन् । आइतबार साँझसम्म कञ्चनपुर २ मा पूर्व मन्त्री खड्का उम्मेदवार हुने चर्चा व्यापक भएको थियो ।

,orning glory badhai

खड्कालाई पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिएका थिए । खड्का र पन्त दुबै एमाले छाडेर समाजवादी हुँदै नेकपा पुगेका नेता हुन् । उनीहरु साविक एमालेमा माधव कुमार नेपाल गुटमा थिए ।

नेकपा पुगेपछि दुबै नेताबीच टिकट लडाई बाहिर आएको छ । माधव नेपालको जोडबलमा टिकट पन्तलाई दिइएको हो ।
काठमाडौं बस्ने पन्त माधव नेपालसम्म सहज पहुँच भएका नेता मानिन्छन् । यस अघि उनले शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा समाजवादीबाट चुनाव लडेका थिए ।

समाजवादीले कञ्चनपुर २ मा खड्काले उम्मेदवार बनाउने निर्णय गरिएका समाचार बाहिर आएपछि पन्तले सामाजिक सञ्जालबाट अप्रत्यक्ष रुपमा विरोध गरेका थिए । उनले कञ्चनपुर २ को निर्णयमा धैर्य गर्न आग्रह गरेका थिए ।

खड्का नेकपाभित्र भूगोलमा भिजेका नेता हुन् । एमालेबाट सुडा गाउँ विकास समितिको अध्यक्ष हुँदै एमाले जिल्ला उपाध्यक्ष भएर २०७४ मा प्रदेश सभा सदस्य भएपछि उनी सामाजिक विकास मन्त्री भएका थिए ।

खड्काले मन्त्री भएपछि तत्कालिन महाकाली अञ्चल अस्पतालाई प्रादेशिक अस्पताल बनाउने पहिलो निर्णय गरेका थिए ।

dirghayi clinic

नेकपाका सह संयोजक माधव नेपालसम्म सहज पहुँच नभएपछि उनी यस पटक टिकटमा पछाडि परेको नेताहरु बताउँछन् ।

खड्काले टिकट नपाएपछि नेकपाभित्र पहुँच र पैसाका आधारमा टिकट वितरण गरिएको देखिन थालेको छ । नेकपा संयोजक प्रचण्डकी बुहारी विना मगर कञ्चनपुर १ मा उम्मेदवार हुने भएकी छन् ।

मगर २०७० देखि लगातार कञ्चनपुर १ मा चुनाव लड्दै आएकी छन् । उनी २०७४ बाहेक २०७० र २०७९ मा पराजित भएकी थिइन् । २०७४ मा एमालेसित गठबन्धन भएपछि मगर साँसद निर्वाचित भएर मन्त्री भएकी थिइन् ।

यस पटक पनि नेकपाले मगरलाई बनाउने निर्णय गरेको छ । मगर नेकपाको हेड क्वाटरसम्म सिधै पहुँच भएकी नेता हुन् ।

कञ्चनपुर ३ का उम्मेदवार मान बहादुर सुनार संयोजक प्रचण्ड नजिकका नेता हुन् । प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराएका सुनार दोधारा चाँदनीका व्यवसायी हुन् ।

२०७४ को निर्वाचनमा उनी माओवादी केन्द्रबाट चुनाव लडेर प्रदेश सभा सदस्य जितेर सुुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका थिए । अहिले सुुनार कञ्चनपुर ३ बाट चुनाव लड्ने भएका छन् ।

नेकपा कञ्चनपुरले निर्वाचन क्षेत्र नं. १ बाट विना मगर सहित लोकेन्द्र प्रसाद लम्साल, झक्त बहादुर अधिकारी, जीवनराज थापा, तिलक भट्ट, दीपक बिसी, मदनसेन बडायक, कृष्णराज गिरीको नाम सिफारिश गरेको थियो ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ बाट लाल बहादुर खड्का, महेशराज जोशी, जयराज पाण्डेय, हरिस ठकुल्ला (कमल क्षेत्री), माधवप्रसाद पन्त, दुर्गा जोशी (भट्ट), तोयराज जोशीको उम्मेदवारका लागि सिफारिश गरिएका हुन् ।

कञ्चनपुर ३ बाट मान बहादुर सुनार, हरक सिंह धामी, दीपक सिंह साउद, खेम भण्डारी, राजीव दमाईंलाई सिफारिश गरेको गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...