ghar sansar

मर्निङ्ग ग्लोरीमा कस्मिट ब्रेन जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयमा कस्मिट ब्रेन जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।

प्रतियोगितामा महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) प्रथम भएको छ । भने, द्वितियमा कञ्चन ग्यालेक्सी बेलडाँडी र तृतियमा चन्द्रसुर्य सेकेण्ड्री स्कुल झलारी भएको छ । विजेता प्रथम २१, द्वितिय ११ र तृतिय ६् नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ ।

,orning glory badhai

मर्निङ्ग ग्लोरी विद्यालयका प्रन्सिपल चुडामणी शर्माले विद्यालयले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

dirghayi clinic

प्रिन्सिपल शर्माले अन्तर विद्यालयका विद्यार्थीको अन्तरनिहित क्षमता बाह्यी ल्याउँदै विद्यार्थीलाई थप अध्ययनशिल बनाउने उदेश्य रहेको बताए ।

प्रतियोगितामा जिल्लाभरीका ३० विद्यालयका विद्यार्थीले भाग लिएाका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दले विद्यालयले आफ्ना विद्यार्थी मात्रै होईन जिल्लाभरीका विद्यार्थीहरुविचको जमघटदेखि आगामी दिनमा थप पढाईप्रति उत्साह जगाउने काम गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले विद्यालय स्तरबाटै आयोजना गरिएका यस्ता कार्यक्रमबाट विद्यार्थीमा भएको अन्तरनिहित क्षमता प्रस्फुटनदेखि विद्यार्थीको क्षमता विस्तारमा टेवा पुग्ने बताए ।

कार्यक्रममा आयोजक सहितका सहभागि विद्यालयका शिक्षक, अभिभावक सहित सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...