ghar sansar

कञ्चनपुर २ मा काँग्रेसका पूर्व मन्त्री साउँद उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर २ मा उम्मेदवारी दर्ता गराएका छन् । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए । साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मत सहित तेस्रो भएका थिए । यो क्षेत्रमा यस पटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

साउँद यस अघि २०७९ को निर्वाचनमा २ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस अघि उनी २०७४ मा एमालेका नर बहादुर धामीसित पराजित भएका थिए ।

कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए । यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

Himal dental
सम्बन्धित
Loading...