

महेन्द्रनगर । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवसमा विद्यार्थीहरुलाई कपडा सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्मिक विद्यालयका विद्यार्थीका लागि ४० थान न्यानो स्वीटर सहयोग गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम गरियो । कार्यक्रममा अध्यक्ष खरेलले विद्यालयका अध्यक्ष महेशदत्त भट्ट र प्रधानाध्यापक जनक बहादुर चन्दलाई स्वीटर हस्तान्तरण गरे ।
सहकारीले बर्सेनी सहकारीको स्थापना दिवस मनाउँदै आएको छ।

