
न्यून सरस्वती विद्या मन्दिरमा फुड फेस्ट : विद्यालय प्राङ्गणमा भान्छा, विद्यार्थी आफैंले पकाए समोसादेखि सेलरोटी, अभिभावकलाई बेचे


महेन्द्रनगर । बुधबार दिउँसो न्यू सरस्वती विद्या मन्दिरको प्राङगणमा टाउकोमा कुक र वेईटरको ड्रेस, क्याप लगाएका केही समोसा बनाउँदै थिए त कोही सेलरोटी बनाउँदै । हातमा सेतो ग्लोब्स लगाएका विद्यार्थी मध्ये कोही कपमा जुस हाल्दै थिए भने कोही गाजरको हलुवा बाड्दै थिए भने कोही पैसा एक्सचेन्ज गरीरहेको थिए । कोही कोही त अझ भट्ट हेर्दाखेरी फाईभ स्टार होटेलका कुक जस्तै देखिन्थे ।
नियमित पठनपाठन हुने विद्यालयमा बुधबार अचानक फरक देखिएको यो दृष्य विद्यालयको २३ र्औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा गरिएको फुड फेस्ट तथा कल्चरल कार्यक्रमको हो ।

विद्यार्थीलाई अध्ययनसंगै व्यवहारीक ज्ञान सिकाउने उदेश्यका साथ फुड फेष्टिबल कार्यक्रम आयोजना गरिएको हो ।
‘विद्यार्थीहरुलाई हिमालहरुका नामबाट चार सदनमा विभाजन गरेर फुड फेष्ट कार्यक्रम गरीएको छ’ उनले भने, ‘लर्निङ्ग वाई डुईङ्ग नीति अनुरुप विद्यार्थीलाई सुदूरका मौलिक खाने परिकार उत्पादन बिक्रि वितरण गर्ने कलाको अभ्यास गराईएको छ,’ उनले भने ‘हिमालहरुका नाम अपि, खप्तड, कञ्चनजंगा, सगरमाथा गरी चार हाउसहरुमा विभाजन गरी खाने परिकार उत्पादन बिक्रि वितरण गर्न सिकाईएको हो ।’
व्यवसाय गरी फाइदा भएको रकमबाट विद्यार्थीहरुले आफुलाई आवश्यक पर्ने शैक्षिक सामाग्रि खरिद गर्न सहयोग पुग्ने प्रिन्सिपल भट्टले बताए ।

‘हामीले विद्यार्थीलाई स्रोत जुर्टादियौँ, ‘प्रिन्सिपल भट्टले भने, ‘विद्यार्थी आफैले स्रोत उपभोग गर्दै बस्तु उत्पादन गरेर बिक्रि वितरण गरेका छन, बिक्रि बाफतको रकम विद्यार्थीले आफ्नो शैक्षिक समाग्री खरिद गर्छन ।’ प्रिन्सिपल भट्टले विद्यालयले विद्यार्थीको अन्तर क्षमतालाई व्यवसायिक जिवनमा प्रयोगका लागि विगत ६÷७ बर्षदेखि कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका १२ का वडा अध्यक्ष भुपेन्द्र रावलले विद्यालयले गरेको प्रयास सराहनीय भएको बताए ।
कार्यक्रममा सहभागी अतिथि सहित अभिभावकहरुले प्रदर्शनीका स्टलमा पुगेर खाना परिकार किनेर खाएका छन् ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरणका साथै सुदूरको मौलिक लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक केशव पन्तले गरेका छन् ।
