ghar sansar

साहित्यकार अवस्थीको ‘चन्द्रा अपवित्र छैन’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम

khasi

महेन्द्रनगर । साहित्यकार बलदेव अवस्थीको कृति ‘चन्द्रा अपवित्र छैन ’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम गरिएको छ ।

सगरमाथा साहित्यिक प्रतिष्ठान, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा कृतिमाथि रमेश पन्त मीतबन्धु, प्रजापति नेगी तथा जगदीश ओझाले साहित्यिक समीक्षा प्रस्तुत गरे सँगै विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार अवस्थीको कृतिका विषयवस्तु, सिर्जनात्मक पक्ष तथा समकालीन साहित्यमा यसको स्थानबारे रमेश पन्त तथा प्रजापति नेगीले चर्चा गरेका थिए भने कृति भित्रकै दोस्रो कथा “ अथक प्रयास “ माथी साहित्यकार जगदीश ओझाले समीक्षात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता खिमानन्द बडूले गरेका थिए भने साहित्यकार वीरबहादुर चन्द ‘विश्राम’ प्रमुख अतिथि कृतिकार बलदेव अवस्थी,साहित्यकार पञ्चमराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी भयेका थिए ।

कार्यक्रममा साहित्यकारहरू रमेश पन्त ‘मीतबन्धु’, तुलसी पण्डित, प्रेमप्रकाश कलौनी, नवीन बडू, निर्मला साउँद, चन्द्रदेव भट्ट, प्रजापति भट्ट, जगदीश ओझा ,चाँदनी भट्ट ; अमितप्रसाद भट्ट;इञ्जिनियर विवेक पन्त लगायतको सहभागिता रहेको थियो।

dirghayi clinic

कार्यक्रममा सहभागी स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचना प्रस्तुत गरेका थिए। रचना वाचनका क्रममा समकालीन सामाजिक यथार्थ, मानवीय संवेदना, संस्कृति–पर्यटन र जीवनका विविध पक्षलाई साहित्यका माध्यमबाट अभिव्यक्त गरिएको थियो।

आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका अनुसार यस्ता कार्यक्रमले कृति प्रकाशनसँगै त्यसको आलोचनात्मक अध्ययन, विमर्श र पाठकीय संवादको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पछिल्लो समय साहित्यिक कृतिको प्रकाशनसँगै त्यसबारे सार्वजनिक बहस र पाठकीय अन्तक्र्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा सहभागी साहित्यकारहरूले साहित्यलाई केवल प्रकाशनमा सीमित नराखी पठन, विमर्श र रचना वाचनको माध्यमबाट समाजसँग जोड्नुपर्ने धारणा राखेका थिए ।

प्रतिष्ठानका सचिव बिरेन्द्रबहादुर चन्दद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा साहित्यकार उमेश अवस्थी आदर्श ;विबेक पन्त; अमित भट्ट;चाँदनीभट्ट;निर्मला साउद; प्रेमप्रकाश कलौनी; एम डि मायालु ; नविन बडू;राजुसिह खडका ;गोरख चन्द लगायतले गीत;गजल,कविता प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा कृतिकारले लामो समय सम्म साहित्यिक सेवामा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले सम्मान प्रदान गरे ।

कार्यक्रमको अन्त्यमा कृतिकार अवस्थी प्रमुख अतिथि गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरवहादु चन्द;सभाध्यक्ष खिमानन्द बढुले सबै प्रति धन्यवाद ब्यक्त गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...