
दीप ज्योति क्लबले कार्तिक दोस्रो साता गर्दैछ तेस्रो वडा स्तरीय कबड्डी प्रतियोगिता, मूल आयोजक समिति गठन

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालको दीप ज्योति क्लबले तेस्रो वडा स्तरीय कबड्डी प्रतियोगिता आयोजना गर्न लागेको छ ।
भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालयसित सहकार्यमा हुने प्रतियोगिताका लागि शनिबार मूल आयोजक समिति गठन गरिएको छ ।
क्लबका सचिव भीम कार्कीले यस वर्ष तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए ।

सचिव कार्कीका अनुसार ३० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । आगामी कार्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको छ ।
भीमदत्त नगरपालिका ७ का वडा अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले मूल आयोजनक समिति गठन गरेको हो ।
बैठकमा क्लबका अध्यक्ष राज बहादुर चन्द लगायतका सहभागी थिए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार, द्वितीय पुरस्कार ३५ हजार र तृतीय पुरस्कार १५ हजार छ ।
