

–प्रभुनिधि पन्त
यहि भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा फागुन २१ गते हुन गईरहेको संघिय साँसदको चुनावका लागि कञ्चनपुरमा राजनीतिक दल र स्वतन्त्र उमेदवार अहिले आफ्नो चुनावी दौडमा होमिएका छन् । हरेक पार्टीका उमेदवारले आफना चुनावी ऐजेन्डाहरु सार्वजनिक गरेर घरदैलो अभियानमा छन् । हालको शासन प्रणालीको सवालमा भन्ने हो भने स्थानीय सरकार सञ्चानल ऐनमा व्यवस्था भए बमोजिम त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहँुदा आम जनताले अहिलेसम्म धेरै दुःुख पाईरहेका छन् । यस जिल्लामा भएका ७ वटा नगरपालिका र २ गाउँपालिकाले हालसम्म कुनै पनि क्षेत्रमा प्रभावकारी काम गरेको देखिदैन । अझ प्रदेश सरकारको त कुरै नगरौ, प्रशेश सरकार ले आफनो उपस्थिति प्रभावकारी रुपमा नदेखाउँदा प्रदेशको संरचनाको बिषयमा सवाल उठि सकेको छ । कञ्चनपुरमा करिव ५५ उमेदवार चुनावी मैदामा छन् । यस जिल्लमा पालिका अनुसार आ आफनै किसमका समस्या छन्, त्यस कारण हरेक मतदाताले आफ्नो ठाउँका हरेक समस्याको सामाधान गर्न सक्ने पार्टीका उमेदवारलाई छनौट गर्दा ठिक होला । अहिलेका उमेदवारहरुले आफू विजयी भएपछि आफनो तर्फबाट गर्नु पर्ने थुप्रै कामहरु छन् । ती काममध्ये केही कामहरु बहसमा आइरहेका छन् ।

जस्तै यस जिल्लाका महत्वपूर्ण सवालहरुमा सुशासन र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अहिलेको आवश्यता हो । यसमा जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहन्छ । भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक विकास निर्माण तथा सेवा प्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गर्न निरोधात्मक र प्रवद्र्धधनात्मक कार्यक्रम मार्फत भ्रष्टाचार नियन्त्रणको अभियानमा प्रभावकारिता ल्याउनका लागि नेतृव गर्ने । नेपालको संविधानले कानुनको शाशन सामाजिक न्याय र समानता जनताको सूचनाको अधिकार पारदर्शिता जवाफदेहिता जनसहभागिता निष्पक्ष सक्षम स्वच्छ प्रशासनयन्त्रको अवधारणाको पूर्ण परिपालना भृष्टाचार र दण्डहिनताको अन्त्य गर्दै शासन कायम गर्ने कार्यलाई प्राथमिकता दिने । नेपाल सरकारका तर्पmबाट सेवाग्राहीलाई प्रदान गरिदै आएको सार्वजनिक सेवाको गुणस्तर परिणाम शीघ्र जनतासंगको निकटता सेवाग्राही सन्तुष्टि अधिकारको बारेमा सेवाग्राहीको धारणा बुझ्ने सेवा प्रदायकसंग प्रत्यक्ष रुपमा आफ्ना गुनासाहरु सुन्ने व्यक्तिको छनौट गर्न आजको आवश्यता हो । यस्तै गरि आर्काे महत्पपूर्ण मुद्दा भनेको अहिलेको बदलिँदो जलवायुसंगै जलवायुजन्य घटनामा आएको तीव्रताले शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या र समुदायको जोखिमलाई थप बढाएको छ । अतःजलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्न ठोस तथा प्रभावकारी कदम चाल्नु अत्यन्त जरुरी छ । यसै विषयलाई मध्यनजर गर्दै उमेदवारका जलवायु परिवर्तन र विपद् जोखिम न्यूनिकरणको मुद्दालाई आफनो चुनावी ऐजेन्डा बनाउन अत्यन्त जरुरी छ ।

कञ्चनपुरवासीका लागि आर्काे ठूलो समस्या भनेको सीमा नाका संग जोडिएका पालिकाहरुमा हुने हुने सीमा अतिक्रमण ज्यादति तस्करी, पैठारी हो । यो समस्यालाई रोक्ने चुनावी एजेन्डा भएका उमेदवार छन् भने ती एजेण्डालाई पनि ध्यान दिनु पर्छ । यसै गरि यस जिल्लाको आर्काे महत्वपूर्ण मुद्दा भनेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र तथा भारतीय सीमा नाकापालिकाका उम्मेदवारहरुलाई जंगली जनावर लगायत वन्यजन्तुको त्रासमा स्थानीयहरु बाँच्नुं परेको विषयमा कति संवेदनशिल छन् ती पालिकामा बसोबास गर्ने आम जनतालाई वन्यजन्तुको जोखिमबाट मुक्त गर्ने आफनो चुनावी मुद्दा जुन उमेदवारसंग योजना छ, यो योजनालाई पनि मतदाताले साथ दिन सक्ने हुन्छ । यसै गरी सिँचाईको समस्या भएका पालिकामा यो समस्या समाधान गर्न के कस्ता योजना छन् ती उमेदवार जनताको रोजाइमा पर्ने छन् आर्काे समस्या भनेको यहाँको बाढी र डुबान कटान र पटान हो को समस्या भएका क्षेत्रका उम्मेदवारले आफनो पालिकामामै स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरी हरेक विपद्को समस्या समाधानका लागि पहल गर्ने चुनावी नारा भएका व्यक्ति यो चुनावमा जनताको रोजाइमा पर्ने छन् । गाउँघरमै सिंहदरबार आएपछि यसको समाधान त स्थानीय जनप्रतिनिधिले नै गर्न पर्ने हो । जिल्लाभरि नै सुकुम्बासी समस्या छ, त्यसको पहल का लागि वर्षौदेखि सुकुम्बासी भएर सामुदायिक वनको किनार , खोलाको किनारमा कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुको दिर्घकालिन समाधानको मुद्दा भएका उमेदवारलाई प्रथमिकतामा राख्नु पर्दछ । वर्षौदेखि अव्यवस्थित बसोबासीको रुपमा बसिरहेका मानिसहरुलाई भोट बैंकमात्रै बनाउने कि घरबासको स्थायी व्यवस्था पनि गर्ने अब हामी सुकुम्बासी रहेनौ भनेर स्थानीयहरुले कहिलेदेखि भन्न पाउँछन् । यसको दिगो व्यवस्थापन योजना भएका उमेदवार मतदाताको रोजाइमा पर्ने छन् । अहिलेको आर्काे महत्वपूर्ण मुद्दा भनेको पर्यावरण मैत्रीदिगो कृषिमा आधारित उद्यम, जैविक विविधतामा अनुसन्धान मार्फत जीविकोपार्जनमा सुधार ल्याउने । कृषि, जल, उर्जा, स्वास्थ्य तथा अन्य वातावरणीय स्रोतहरु माथि स्थानीय जनताको अधिकार र पहुँच बढाउने । नीति निर्माण तथा कृषि, वन, वातावरणको तहमा वकालतर सहकार्य गर्ने मुद्दा भएका उमेदवार रोजाइमा पर्ने छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै नमुना नगर पालिका हो । अहिले यो नगरपालिका कुशल र दिर्घ सोच नभएका जनप्रतिनिधिका कारण कुरुप भै रहेको छ नगर विकासको करीब ६ सय बढी बिगाहा जमिन अतिक्रमण भएको छ । यो नगरको विकास तथा अहिलेका समस्याको समाधान गरी महेन्द्रनगर बजार सुदृढीकरण तथा बजारको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजना बनाई अब आउने दिनमा महेन्द्रनगर बजार पनि काठमाडौ ंजस्तै फोहोरको डुंगरमा परिणत नहुने योजना भएका पार्टीका सक्षम नेतृत्वको खोजीमा छन् जिल्ला भरि नै दिन प्रति दिन किशोर किशोरी, युवायुवती लागु औषध लगायतका कुलतमा लागिरेका छन्, यसलाई न्यूनीकरण गर्न ठोस योजना भएका उमेदवार चुयन पर्ने देखिन्छ । कोरना जस्तो विपद्बाट पाठ सिकी हरेक खालका विपद्को व्यवस्थापन, गर्ने गरी शहरी क्षेत्रमा खुल्ला स्थानको संरक्षण हरित बगैचा निर्माण अव्यवस्थित ढल निकास तथा छाडा चौपाया व्यवस्थापन, मूल ऐजेण्डा भएका उम्मेदवार अहिलेको रोजाइ पर्नु पर्दछ । अहिले देखि नै सबै पालिकामा फोहर व्यवस्थापन , महाकाली नदीमा व्यवस्थित आर्यघाटको निर्माणका लागि पहल गर्ने यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजना, औद्योगिक क्षेत्र व्यवस्थापन लगायतका मुद्दाहरु समाधानका लागि योजना भएका उम्मेदवारलाई रोज्नु पर्दछ । जिल्लालाई भ्रष्टाचार मुक्त, उपभोक्तामैत्री लैङ्गिक हिँसा लगायतका शिक्षा स्वास्थ्य बाटोघाटो, ढल निकासको ब्यवस्थापन लगायतका समसामयिक सवालहरुलाई आफना मुख्य चुनावी एजेण्डा तथा घोषणा पत्रबनाई आफु निवार्चित भएपछि कार्यान्वयन गर्न सक्ने क्षमतावान व्यक्तिलाई भोट दिनु पर्दछ ।
संघीय साँसदको काम कर्तव्य अधिकारको समेत आभाष नभएका व्यक्तिलाई यदि हामीले अबको चुनावका लागि चयन गर्ने हो भने सबै भन्दा ठूलो भुल हुनेछ । त्यसका लागि समयमै हामीले यहि फालगुन २१ गते हुन गइ रहेको चुनावका लागि हामी आम कञचनपुरका नागरिकहरुले राम्ररी विचार बिमर्श गरी दीर्घकालीन सोच भएका व्यक्तिको छनौटका लागि ध्यान दिनु पर्छ । हामीले हरेक मतदातालाई सचेत गराउनु पर्छ । कञ्चनपुर का जनताको जीवनसँग सरोकार राख्ने सम्पूर्ण मुद्दहरु सफल नेतृत्व मार्फत समाधान हुने हुन् । त्यस कारण अबको ५ वर्षको लागि सबै कामको जिम्मेवारी उनीहरुलाई दिदैछौ त्यसैले यदीहाम्रातर्फबाट हतारहतारमाकेहि कुराको लालचमा परेर क्षमता र दुरदृष्टि भएको व्यक्तिलाई न रोजेर आफ्ना लागि मात्र सोच्ने व्यक्तिलाई हामीले आफ्ना जनप्रतिनिधिको रुपमा छनौट गरेमा अब आउने ५ बर्षसम्म नराम्ररी पछुताउनु पर्ला । त्यसैले योग्य र सक्षम व्यक्तिलाई रोजौं । सबैलाई सचेतना भया ।
(लेखक सामाजिक अभियन्ता तथा अधिकारकर्मी हुन् ।)

