

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ भाँसीस्थित श्री मालिका पब्लिक एकेडेमीले चौथो बार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ ।
एकेडेमीका सञ्चालक मोहन चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।


कार्यक्रममा अतिथिमा लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुबेर बहादुर बम विशिष्ठ अतिथि थिए । कार्यक्रममा विद्यार्थी , शिक्षक, अभिभावक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतका सहभागी थिए ।
स्कूल प्रथम हुने दुई जना विद्यार्थीहरु जीवन बुडाल र रोहन बिष्ट, द्वितीय हुने विशेषता न्यौपाने र तृतीय हुने विक्रम बमलाई सम्मान गरिएको छ । उनीहरूलाई प्रमुख अतिथि दुर्गादत्त बोहराद्वारा प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
त्यसैगरी अध्ययनमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई प्रमाण पत्र, मेडल प्रदान सहित पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा अभिभावक, शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
