ghar sansar

भीमदत्तले वर्षको एक दिन मात्रै किन गर्छ महाकाली नदीमा र्‍याफ्टिङ्ग ?

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा फेरि यस वर्ष पनि ¥याफ्टिङ गरिएका छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीसँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको बताए । त्यस यता विभिन्न कारणले ¥याफ्टिङ सञ्चालनमा नआए पनि सोमबारदेखि विभिन्न सङ्घ संस्थाको पहलमा व्यवसायिक रुपमा राफ्टिङ सुरु गरिएको उनले बताए ।

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । ¥याफ्टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

dirghayi clinic

पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी ¥याफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । भारततर्फबाट भने दुई वटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका छन् ।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन प्रवद्र्घन गर्नका लागि निजी क्षेत्र तयार रहेको बताए ।

करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा ¥याफ्टिङ व्यवसाय सञ्चालन गरिरहेका नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले कम जोखिम तथा सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए ।

स्थानीय तहका प्रमुखले पनि ¥याफ्टिङ पर्यटनको प्रवद्र्घनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले ¥याफ्टिङ विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताए ।

त्यसै गरी, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले ¥याफ्टिङ व्यवसाय प्रवद्र्घन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले थप सहयोग प्रदान गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...