ghar sansar

फागुन २१ को निर्वाचन : लोकतन्त्रको ठूलो उपलब्धि

little buddha academy
khasi

– अभय राज जोशी
आज फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन नेपालका लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धि हो । निर्वाचन प्रक्रियामा सरकार, सुरक्षा निकाय, कर्मचारी, शिक्षक, राजनीतिक दल , नागरिक समाज तथा आम मतदाताको सक्रिय सहभागिता र योगदानले लोकतान्त्रिक संस्थाहरूको सस्थागत मजबुतीलाई पुनः पुष्टि गरेको छ ।

यस निर्वाचनले नेपालमा एक गजबको सन्देश दिएको छ ! नेपालमा पछिल्लो समय गैर दलीय सरकारको उपयुक्तता देखिएको छ भने सुरक्षा निकायहरूको भूमिकाले लोकतान्त्रिक प्रक्रियालाई थप विश्वसनीय बनाएको छ । विशेषगरी नेपाली सेना , नेपाल प्रहरी र सश्त्रले प्रहरी बलले देखाएको सुझबुझ , कार्यकुसलता र व्यावसायिकताले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ ।

,orning glory badhai
dirghayi clinic

जनताबाट प्राप्त म्याण्डेटलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ अघि बढाउने आधारका रूपमा व्याख्या गर्न सकिन्छ । राजनीतिक दलहरूको सुझबुझ, सुरक्षा निकायहरूको व्यावसायिकता, र आम नागरिकहरूको उत्साहपूर्ण सहभागिता लोकतान्त्रिक संस्कृतिको परिपक्वताको सूचक हो ।

यस सफल अभ्यासले नेपालमा लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वासलाई अझ गहिरो बनाएको छ । आगामी दिनमा यो म्याण्डेटले नीति निर्माण ,सुशासन र शासन प्रणालीलाई जनताको आकांक्षासँग जोड्ने अपेक्षा गरिएको छ ।

(लेखक सुरक्षा तथा सुशासन विश्लेषक हुन् ।)

Himal dental
सम्बन्धित
Loading...