ghar sansar

कञ्चनपुरमा जताततै चोरको बिगबिगी

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएको एक क्यामेरा चोरी भएको छ । कम्प्लेक्सअन्तर्गत लालझाडी मोहना संरक्षित क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार बाघ गणनाका लागि राखिएका एक क्यामेरासँगै आठवटा मेमोरी कार्डसमेत चोरी भएका छन् । बाघ गणनाका लागि हरेक स्थानमा एक जोडी स्वचालित क्यामेरा राखिएको थियो ।

,orning glory badhai

‘एकतिरको क्यामेरा चोरी भयो, अर्कोतिरको कार्ड चोरी भयो,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘जानेकै मानिसले चोरी गरेजस्तो देखिन्छ, मेमोरी कार्डसमेत लगेर गएको छ ।’ क्यामेरा र मेमोरी कार्ड चोरी भएपछि चोरी गर्ने व्यक्तिको पहिचानका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरिएको उनले बताए ।

dirghayi clinic

शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा फागुन २६ देखि बाघ गणनाको काम सुरु भएको हो । गणनाका लागि २÷२ किलोमिटरका २ सय ६० वटा ग्रीड निर्माण गरिएका छन् । बाघ ओहोरदोहोर गर्ने क्षेत्रको पहिचान गरेर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिन्छ । त्यसै अनुसार एउटा ग्रीडमा कम्तीमा १५ दिन क्यामेरा राखिन्छ ।

यो बीचमा क्यामेराको ब्याट्री जाँच गर्नेदेखि मेमोरी कार्डहरुबाट फोटो संकलनलगायतका काम भने नियमित भइरहन्छन् ।

‘शुक्लाफाँटा र लालझाडीमा राखिएका क्यामेरा संकलन भइसकेका छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘अहिले डडेलधुराको जोगबुडा क्षेत्रमा क्यामेरा जडान भइरहेका छन् ।’

आइतबार राति महेन्द्रनगर बजारको मदनचोक क्षेत्रका आधा दर्जन सटरमा चोरी भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...