ghar sansar

दोधारा–चाँदनीमा बालअधिकार सम्बन्धि दुई दिने तालिम

khasi

महेन्द्रनगर । दोधरा–चाँदनी नगरपालिकामा बालअधिकार सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

पालीका स्तरीय समितिलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा नगरस्तरीय बालअधिकार समितिका सदस्यहरू, विभिन्न किशोरी समूहका सदस्यहरू, युवा सञ्जालका प्रतिनिधिहरू, प्रधानाध्यापकहरू, वडा अध्यक्षहरू तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख सहभागी भएका छन् ।

Anant bahu travels
dirghayi clinic

बालविवाह विरुद्ध प्रभावकारी रूपमा कार्य गर्न स्थानीय सरकार तथा नगरपालिका र वडा स्तरका बालअधिकार समिति प्रमुख सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा बालबालिकाका वर्तमान अवस्था, उनीहरूसँग सम्बन्धित प्रमुख सवालहरू तथा आगामी आर्थिक वर्षमा पालीका र वडा स्तरमा बालअधिकार सुनिश्चित गर्न आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापनका विषयमा विशेष छलफल भइरहेको छ। सहभागीहरूले बालबालिकाको हकहित संरक्षणका लागि प्रभावकारी योजना निर्माण तथा कार्यान्वयन सम्बन्धी ज्ञान र सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रम प्लान इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमावातावरण संरक्षण तथा समाज कल्याण संघ नेपालद्वारा सञ्चालन गरिएको हो ।

 आयोजकका अनुसार यस तालिमले स्थानीय तहमा बालअधिकारका मुद्दालाई प्राथमिकतामा राख्दै नीति तथा बजेटमा समावेश गर्न महत्वपूर्ण योगदान पुर्यांउने विश्वास लिइएको छ।

Himal dental
सम्बन्धित
Loading...