

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा स्वीमिङ्ग खेल्न पाउने भएका छन् ।
विद्यालयले यस वर्षदेखि विद्यालय हाताभित्रै स्वीमिङ्ग पुल सञ्चालन गर्न लागेको छ । स्वीमिङ्ग पुल निर्माण गरिएको छ ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले स्वीमिङ्ग पुल निर्माण भएर पानी भरान गरी परीक्षण गरिएको र बुधबार पुल उद्घाटन हुने बताए ।

उद्घाटनपछि विद्यार्थीलाई प्रयोग गर्न दिइने उनले बताए । स्वीमिङ्ग पुल बनाउन २० लाख खर्च भएको छ ।
कञ्चनपुरमा स्वीमिङ्ग पुल बनाउने जनज्योति पहिलो संस्थागत विद्यालय बनेको छ । भीमदत्त नगरपालिकाको संस्थागत विद्यालय वर्गीकरणमा जनज्योति ख वर्गमा छ ।
जनज्योति एजुकेशनल फाउण्डेशन अन्र्तगत विद्यालय सञ्चालनमा छ । फाउण्डेशन अन्र्तगत विद्यालयसंगै जनज्योति बहुमुखी क्याम्पस सञ्चालनमा छ ।
भीमदत्तमा ७० संस्थागत विद्यालय छन् । जनज्योतिमा कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने गरेको छ ।
