ghar sansar

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरूको बौद्धिक क्षमता प्रस्फुटन गर्ने र सामाजिक विषयप्रतिको ज्ञानलाई फराकिलो बनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूबिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा आधारभूत तह (कक्षा ६ देखि ८) तर्फ मेनुका भण्डारी, बिराज दमाई, अनिश नेपाली र आयन कुँवर सम्मिलित हरियो सदन (Green House) प्रथम हुन सफल भएको छ ।

dirghayi clinic

त्यसैगरी, रिशेष जोशी, अंशिका जोशी, निलम भण्डारी र राखी धामी सदस्य रहेको निलो सदन (Blue House) ले द्वितीय स्थान हासिल गरेको छ भने प्राञ्ज अवस्थी, सृष्टि चन्द, विपना ऐर र समिक्षा चन्द सम्मिलित रातो सदन (Red House) ले तृतीय स्थान प्राप्त गरेको छ ।

 माध्यमिक तह (कक्षा ९ र १०) तर्फ भएको प्रतिस्पर्धामा आयुष बिष्ट, प्राञ्जल भट्ट, मनिषा भण्डारी र समीक्षा भट्ट सम्मिलित रातो सदन (Red House) प्रथम भएको छ। त्यस्तै प्रशान्त बम, प्रत्यक्ष भारती, निशा रावल र मेघा थापा सम्मिलित पहेँलो सदन (Yellow House) ले द्वितीय स्थान प्राप्त गरेको छ भने आर्या चन्द, स्मृति भट्ट, निराजन जोशी र अभिषेक चन्दको समूह रहेको हरियो सदनले (Green House) तृतीय स्थान प्राप्त गरेको छ ।

​कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले यस्ता क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पाठ्यपुस्तकको ज्ञानसँगै बाहिरी संसार र समसामयिक विषयवस्तुको जानकारी राख्नु आजको आवश्यकता भएकोले यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वासको विकास गर्ने बताए ।

 कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...