ghar sansar

नेपाल भारतका बुद्धिजीवि सुदूरपश्चिमको संस्कृति र कलाको संरक्षण गर्न प्रतिवद्ध

khasi

महेन्द्रनगर । नेपाल–भारतका प्राध्यापकहरूले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न एक ठाउँमा उभिन तयार रहेको बताएका छन् ।

महाकाली साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रममा भारतका विभिन्न विश्वविद्यालयबाट आएका प्राध्यापक, डाक्टर तथा विषय विज्ञहरूले सुदूरपश्चिमको संस्कृति र कलाको संरक्षण गर्न आफूहरू पनि तयार रहेको बताएका थिए ।

तत्कालीन डोटी राज्य अन्तर्गत रहेका भारतका विभिन्न क्षेत्रहरूमा पनि सुदूरपश्चिम प्रदेशसँग मिल्दोजुल्दो कला–साहित्य रहेको भन्दै उनीहरूले दुई देशको सम्बन्ध प्रगाढ बनाउन संस्कृतिले भूमिका खेल्ने बताएका थिए ।

भारत सरकारबाट पद्मश्री प्राप्त गरेका डा. यशोधर मठपालले सुदूरपश्चिममा खोज तथा अन्वेषण गर्नुपर्ने धेरै स्थानहरू रहेको बताएका थिए । पूर्वपाषाणकालको खोज तथा अन्वेषण तथा गुफा चित्रको अध्ययन गरिरहेका उनले सुदूरपश्चिमको पौराणिक अवस्थाबारे आफू अध्ययन गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रतिनिधिसभा सदस्य तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा. अर्जुन थापाले महाकाली साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रमले दुई देशको मित्रता र ऐतिहासिक पक्षलाई प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. हरिश्चन्द्र भट्टले सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे कार्यक्रममा चर्चा गरेका थिए ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका महाकाली साहित्य संगमका अध्यक्ष राजेन्द्रसिंह रावलले नेपाल र भारतका भाषा र साहित्यका माध्यमबाट दुई देशको मित्रतालाई बलियो बनाउन सकिने बताएका थिए ।

समान संस्कृति संरक्षण गर्न दुवै देशका सरोकारवालाहरू तयार हुनुपर्नेमा उनले जोड दिएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति यज्ञराज पाठकले विश्वविद्यालयमा आयोजित कार्यक्रमले सुदूरपश्चिम प्रदेशको पहिचानलाई विश्वव्यापी बनाउन भूमिका खेलेको बताएका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपसभामुखसहित सांसद, भीमदत्त नगरपालिकाका उपप्रमुख र भारतबाट आएकी खोज अन्वेषणकर्तालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा उपसभामुख कोइली देवी चौधरी, विशेषाधिकार समिति सभापति तुलसीदेवी देवकोटा, नेकपा एमाले नेतृसमेत रहेकी जानकारी ऐर बम, पूर्वमन्त्री लक्ष्मी विक, खेमा देवी विष्ट, भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशी र भारतको नैनीतालस्थित कुमाउँ विश्वविद्यालयकी शोध विद्यार्थी दिव्या पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कुमाउँ विश्वविद्यालय, नैनीताल, भारतका प्राध्यापक डा. रितेश शाहले प्राचीन जल व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

पीजी कलेज पिथौरागढका सहप्राध्यापक सुनिल पन्त, लोकसंस्कृति सङ्ग्रहालय भीमतालका निर्देशक डा. सुरेश मठपाल, डीएसबी कलेज नैनीतालका डा. किशोर कुमार जोशी लगायतले महाकाली साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रमले नेपाल–भारतको साहित्य र पौराणिक इतिहासको संरक्षण गर्न आफूहरू पनि लाग्ने बताएका थिए ।

भारतबाट प्राध्यापकहरूले तीन दिनसम्म यहाँको पर्यटन भाषा र धर्म संस्कृतिबारे चासो राख्दै नेपाल भारतको सहकार्यमा दुवै देशको भाषा साहित्य संरक्षणमा लाग्ने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...