ghar sansar

यस्तो रह्यो कञ्चनपुर प्रहरी प्रमुख एसपी खडक खत्रीको १३ महिने कार्यकाल

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला तथा बालबालिका सेलको सभा कक्ष बुधबार सदाझै पत्रकारहरुले भरिभराउ थियो । प्रहरी कार्यालयले पत्रकारहरुसित कार्यक्रम प्रायः यहीं सभा कक्षमा गर्दै आएको छ । बुधबार प्रहरी कार्यालयको वार्षिक प्रगति सम्बन्धि जानकारी दिन कार्यक्रम गरियो ।

यो कार्यक्रम कञ्चनपुर प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीका लागि अन्तिम कार्यक्रम थियो । १३ महिना अघि प्रहरी कार्यालय प्रमुख भएर आएपछि पत्रकारसित परिचयात्मक कार्यक्रम गरेका एसपी खत्रीले बुधबार आफ्नो कार्यकालको अन्तिम कार्यक्रममा सोही सभा कक्षमा गरे ।

पत्रकारहरुसंगै सभा कक्षमा पुगेका खत्रीले कार्यक्रममा सहभागी सबै पत्रकारलाई स्वागत गरी प्रगति प्रतिवेदन सुनाए । प्रगति सुनाएपछि एसपी खत्री केही समय रोष्ट्रममा पुगेर आफ्ना धारणा राखे । त्यस अघि खत्रीले बसेर प्रतिवेदन सुनाएका थिए ।

खत्रीसित जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर भट्ट लगायत प्रहरी अधिकारी सहभागी भए । खत्रीको परिचयात्मक कार्यक्रममा तत्कालिन प्रहरी नायब उपरीक्षक सागर बोहरा र सशस्त्र प्रहरीका एसपी समेत सहभागी थिए ।
परिचयात्मक कार्यक्रममा एसपी खत्रीलाई पत्रकारहरुले शान्ति सुरक्षा र अपराध रोकथामको योजनाबारे जिज्ञासा राखेका थिए ।

एसपी खत्रीले कानुन अनुसार आफूले कार्य गने जवाफ दिएका थिए । 

परिचयात्मक कार्यक्रमपछि प्रहरी कार्यालयमा हुने सबै कार्यक्रममा पत्रकार र एसपीबीच सवाल जवाफ हुने गथ्र्यो । बुधबार अन्तिम कार्यक्रममा सवाल जवाफ हुन सकेन ।

एसपी खत्रीले प्रगति सुनाएपछि महिला सेल बाहिर प्राङ्गणमा आएर सामूहिक तस्बिर खिचिए । केही पत्रकारले एसपी खत्रीसित एकल तस्बिर पनि खिचाए । पत्रकारसित खत्रीले केही समय तस्बिर खिचाएपछि कार्यालयतिर हिँडे ।

सभा कक्षको कार्यक्रमदेखि तस्बिर खिचाउँदासम्म एसपी खत्रीको अनुहार मलिन भएको थियो ।

१३ महिनाको कञ्चनपुर बसाईपछि खत्री शुक्रबार रमाना लिएर काठमाडौं जान लागेका छन् । बिहीबार प्रहरी कार्यालयले खत्रीको विदाई कार्यक्रम राखेको छ ।

dirghayi clinic

प्रहरी कार्यालयमा आउने सेवाग्राहीसित समान र सादा व्यवहार देखाएर खत्रीले सबैको मन जितेका छन् ।

बुधबार अन्तिम पत्रकार भेटघाटमा पनि खत्रीले आफ्नो कार्यकालमा जान अन्जान कसैलाई अप्ठेरो पर्न गएको भए क्षमा दिन आग्रह गरे ।

सभा कक्षमा उनले पत्रकारले सामाजिक विकृति विसंगति रोक्न लाग्नु पर्ने भन्दै आफूले प्रेसबाट सक्दो सहयोग पाएको बताए ।

२०८२ बैशाखमा खत्री कञ्चनपुर प्रहरी प्रमुख भएका हुन् । खत्रीले आफ्नो कार्यकालमा फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण गराएका छन् ।

तस्करी, लागु औषध, सीमा अतिक्रमण रोकथाम र अपराध अनुसन्धानमा सफलता हासिल गरी खत्रीले आफ्नो कार्यकाल पूरा गरेका छन् ।

जिल्ला प्रंहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ९सय ७ मुद्दा दर्तामध्ये ५सय ९ मुद्दा फछ्यौट गरिएका छन ।
खत्रीले जेन जी आन्दोलनमा विध्वंश मच्चाउने सात जना पक्राउ गरी मुद्दा चलाए । विभिन्न मुद्दामा फरार भएका ४ सक्ष् ४४अभियुक्त पक्राउ गरी कारागार पुगाएका छन् ।

लागु औषध कारोबारमा संलग्न २ सय ११ जना पक्राउ गरी लागु औषध नियन्त्रण र रोकथाममा खत्रीको सक्रियता देखाएका छन् ।

भन्सार चोरी तस्करी गरेर ल्याएका ५करोड, ४०लाख, ६७ हजार, ७९७बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । चोरी तस्करीमा १४ मानिस पक्राउ ३१ सवारी साधन समेत बरामद गरिएको छ ।

वन,वन्यजन्तु काठ चोरी तस्करीमा संलग्न मानिसदेखि साढे चारसय क्युफिट काठ बरामद गरिएको प्रगति प्रतिवेदनमा समावेश गरिएको छ ।

महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र तर्फ ३सय ३३दर्ता भएका उजुरीमा पुरै पछ्यौट गरिएका छन । जोखिममा परेका ८० मानिसलाई सीमा क्षेत्रबाट उद्दार गरिएको छ ।

हराएका १९२महिला, ५७ बालक, ११५बालिका, २२जेष्ठ नागरिकहरुलाई फेला पारेर परिवारमा पुर्नमिलन गराईएको छ । गैर कानुनी रुपमा सवारी साधन संचालन गर्ने ६ हजार, ५७१कार्बाही गरेर ४६लाख, ७५हजार ५सय रुपैया संकलन गरेको छ ।

३४६पटक ट्राफिक सचेतना गराएर २३ हजार नागरिकलाई ट्राफिक सचेतना गराईएको छ । प्रहरीको अगुवाईमा बेदकोट र कृष्णपुरमा डेढ सय छाउगोठ समेत भत्काएका छन् ।

Himal dental
सम्बन्धित
Loading...