
एसपी नेत्रमणी गिरीले सम्हाले कञ्चनपुर प्रहरी कमाण्ड, भन्छन्– गैर कानुनी काम रोक्ने कार्यलाई प्राथमिकता हुन्छ


महेन्द्रनगर । कंचनपुरका नया प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले गैर कानुनी कार्य नियन्त्रण कार्य आफूले प्राथमिकता दिने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसित परिचयात्मक कार्यकम गर्दै एसपी गिरीले यो गर्छु त्यो गर्छु भन्दा पनि कानुन विपरित हुने सबै गैर कानुनीकार्य रोकथाम गरी शान्ति सुरक्षा कायम राख्ने र अपराध अनुसन्धान गरी न्याय प्रदान कार्यका लागि प्रयास गर्ने धारणा राखेका छन् ।
कार्यक्रममा एसपी गिरीले कार्यालयले पत्रकारसित बिगत झै कार्यालयबिच हुदै आएको सहकार्यलाई निरन्तरता दिइने बताए ।
लागु औषध, तस्करी लगायतका सबै कार्य गैर कानुनी भएको उल्लेख गर्दै उनले प्रहरी सदा सक्रिय हुने बताए ।
एसपी गिरीले कार्यक्रममा आफ्नो धारणा राखि सके पछि पत्रकारहरुले उनलाई शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण सम्बन्धि योजनावारे जिज्ञासा राखेका थिए ।
एसपी गिरी अघि नेपाल पत्रकार महासङ्घ कंचनपुरका अध्यक्ष सुरेश धामीले प्रहरी र पत्रकारबिच सहकार्य र समन्वयम जोड दिए ।

गिरी प्रहरी प्रधान कार्यालयको कार्य बिभागबाट सरुवा भएर आएका हुन । दाङका गिरी २०५८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन ।
चार बर्ष अघि एसपीमा बढुवा भएपछि उनी पहिलो पटक तराई क्षेत्रमा जिल्ला कमान्ड सम्हाल्नु थालेका हुन । प्रहरी नायब उपरीक्षक भएर गिरीले बैतडीमा जिल्ला कमान्ड सम्हालेका थिए ।
२०७४ को निर्वाचन पछि गिरी बैतडी जिल्ला प्रहरी प्रमुख भएका हुन । गिरीले अत्तरियास्थित प्रदेश ट्राफिक कार्यालय र प्रहरी गण सुर्खेतमा इन्चार्ज भएर जिम्मेवार बहन गरेका छ्न ।
कंचनपुर प्रहरी प्रहरी कार्यालयको नेतृत्व लिन पाउदा आफू खुशी भएको उनले बताए । ‘ मान्छेलाई अन्याय हुन नदिने गरी काम गर्छु ‘ एसपी गिरीले भने ।
एसपी गिरीले लागु औषध, अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, सडक दुर्घटना न्यूनीकरण लगायतलाई प्राथमिकता दिइने अघि बढ्ने बताए ।
गिरी बिहीबार कार्यालय हाजिर भएका हुन । बिहीवार उनले कार्यालयका तत्कालिन प्रमुख एसपी खडक खत्रीलाई बिदाई गरे ।
एसपी खत्री प्रहरीको हेटौडास्थित मानव स्रोत व्यवस्थापन बिभागमा सरुवा भएका छ्न । खत्रीले १३ महिना कंचनपुर प्रहरीको कमाण्ड गरेका हुन ।
