ghar sansar

कञ्चनपुरमा फेरि बेरुजुको बाढी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहमा आर्थिक वर्ष २०८१÷८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु आएको छ  ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आव २०८१÷८२ मा यहाँका नौ वटा स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख १४ हजार रुपैँया छ  । जबकी अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा यहाँका स्थानीय तहको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपैँया थियो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा लालझाँडी गाउँपालिको बेरुजु अत्यधिक रहेको छ । सो पालिकाको १० अर्ब ३१ करोड ८४ लाख तीन हजार रकमको लेखा परीक्षण गरिएकोमा दुई करोड १९ लाख ७४ हजार रुपैँया अर्थात् २.१३ प्रतिशत बेरुजु देखिएको छ ।

dirghayi clinic

त्यसै गरी भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा पाँच करोड ३९ लाख एक हजार अर्थात् १.२ प्रतिशत बेरुजु रहेको छ ।

बेदकोट नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को १८ खर्ब ८८ करोड दुई लाख सात हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा १६ करोड ५० लाख आठ हजार रुपियाँ बेरुजु रहेको छ ।

बेलौरी नगरपालिकाको एक अर्ब ८१ करोड ८३ लाख ६९ हजारको लेखा परीक्षण गरिँदा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ ।

शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम अर्थात् कुल रकमको ०.३६ प्रतिशत आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा एक अर्ब ८१ करोड ८३ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा ६४ लाख ८० हजार रुपैँया बेरुजु आएको छ ।

Himal dental
सम्बन्धित
Loading...