ghar sansar

भीनपा अन्तर विद्यालय टी २० क्रिकेट – आयोजक होली फेमली र शान्ति निकेतन सेमि फाइनल प्रवेश

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर विद्यालय नगर स्तरीय टी २० क्रिकेट प्रतियोगितामा आयोजक होली फेम्ली इङ्गलिश मिडियम स्कुल र शान्ति निकेतन माध्यमिक विद्यालय ऐठपुर सेमिफाइन प्रवेश गरेका छन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेम्ली स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भएका दुई क्वाटर फाइनल खेलमा ती दुबै सेमिफाइनल प्रवेश गरेका हुन् ।

क्वाटर फाइनलको पहिलो खेलमा आयोजक होली फेमलीले वेष्टर्न पब्लिक एकेडेमीलाई १ विकेटले हरायो । वेष्टर्नले दिएको १०७ रनको लक्ष्य होली फेमलीले १९ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै चुमेको हो ।

होली फेमलीका खेलाडीले ३८ बलमा ३६ रन बनाए । टीमका लागि तपन अवस्थीले १६ बलमा १३ र कप्तान हरिश बुढाले ३७ बलमा १७ रनको योगदान दिए । खेलमा वेष्टर्नका पुष्प पन्त र कपिल भट्टले ३÷३ विकेट लिए । होली फेम्लीका तपन अवस्थीले ४ ओभरमा १७ रन, १ विकेट र ब्याटिङ्गमा १३ रन टीमका लागि बनाए । खेलमा अवस्थी प्लेयर अफ दि म्याच भए ।

यसैगरी दोस्रो खेलमा शान्ति निकेतन माविले सनराइज पब्लिक स्कुललाई फराकिलो रनले हरायो । सनराइज ८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनले पराजित भयो ।

dirghayi clinic

टस जितेर शान्ति निकेतले ब्याटिङ्ग गर्दै सनराइजलाई १ सय ४४ नको लक्ष्य दिएको थियो । २० ओभर खेल खेल्दै शान्ति निकेतनले १ सय ४३ रन बनाएको थियो ।

शान्ति निकेतनका इशान दौल्यालले १६ बलमा २३, महेश लाबडले ४१ बलमा ४१ र ३६ बलमा ३३ रन बनाए । सनराइजका सुनिल चन्द ४ र निराजन जोशीले २ विकेट लिए ।

१ सय ४४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्ग गरेको सनराइज ८ दशलमव ५ ओभरमा सबै विकेट गुमाउँदै ३४ रनमा समेटियो । सनराइजका सुनिल चन्दले १५ रन बनाए ।

शान्ति निकेतनका मनिस लेखकले ४ ओभरमा १६ रन बनाए । उनले ५ विकेट लिए । खेलमा ४ विकेट र २३ रन बनाएका शान्ति निकेतनमा इशान प्लेयर अफ दि म्याच भए ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिको सह प्रायोजनमा गरेको प्रतियोगितामा १८ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र उप विजेताले नगद ३१ हजार १ सय ११ पुरस्कार सहित ट्रफी पाउने छन् ।

यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता जेठ २३ गते समापन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...