

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित रेडियन्ट माध्यमिक विद्यालयले एसईई टवर समृद्धि ऐरीलाई टिका र खादा लगाएर सम्मान गरी विद्यालय भर्ना गरेको छ ।
एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण ऐरी बिहीबार बिहान बुवा खेमराज सहित विद्यालय पुगेर भर्ना भएकी छन् । उनी कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि भर्ना भएकी छन् ।

ऐरीलाई विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टले ऐरीलाई टिका लगाएर खादा लगाए । उनले एसईई टपर ऐरी भर्ना हुन विद्यालयका लागि खुसीको कुरा भएको बताए ।
विद्यालयले ऐरीसंगै उनका बुवा खेमराजलाई पनि खादा लगाएर सम्मान गरेको छ । भीमदत्त नगरपालिका १५ गोबरैयाकी ऐरी युननाइटेडबाट एसईई गरेकी हुन् । उनी जीव विज्ञान(बायोलोजी) पढेर भविष्यमा चिकित्सक बन्ने चाहना राखेकी छन् ।
रेयिडन्टमा बिहीबार विहानसम्म ४ सय ५० बढी विद्यार्थी भर्ना भएका छन् । विद्यालयले यस वर्ष ६ सय विद्यार्थीलाई मात्रै भर्ना गर्ने जानकारी दिएको छ ।

