

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर विद्यालय नगर स्तरीय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार मर्निङ्ग ग्लोरी र इन्टरनेशनल पब्लिक स्कुल सेमिफाइन प्रवेश गरेका छन् ।
बिहीबार पहिलो खेलमा लिटिल स्टारलाई पराजित गरी मर्निङ्ग ग्लोरी र दोस्रो खेलमा लिटिल बद्धलाई हराउँदै इन्टरनेशनल सेमिफाइल प्रवेश गरेका हुन् ।
होली फेमली स्कुलको खेल मैदानमा जारी पहिलो खेलमा लिटिल स्टार पब्लिक एकेडेमीले पहिलो ब्याटिङ्ग गर्दै १५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै ७२ रन बनायो ।
लिटिल स्टारका लागि सुरज धामीले र शेखर भट्टले समान १६ रनको योगदान दिए । मनिङ्ग ग्लोरीका निभान्त भट्टले ४ ओभरमा १४ रन बनाउँदै ३ विकेट लिए ।
जवाफी व्याटिङ्गमा मर्निङ्ग ग्लोरीले ५दशमलव ओभरमा ५ विकेट गुमाई ७७ रन बनाउदै ५ विकेट जित हात पार्न सफल भयो ।
लिटिल स्टारका कपिल नाथ र सुरज धामलिे समान २÷२ विकेट लिए । मर्निङ्ग ग्लोरीका निर्मल पालले ७ बलको सामना गर्दै ३ चौका र एक छक्का सहित २० रन बनाएर प्लेयर अफ दि म्याच भए ।
बिहीबार भएको चौथो क्वार्टर फाइनल इन्टरनेश्नल पब्लिक स्कुल र लिटिल बुद्ध एकेडेमी भयो । इन्टरनेसनले टस जितेर व्याटिङ्ग गर्दै १९ आभवरमा सबै विकेट गुमाई ११७ रन बनायो ।

इन्टरनेसलका लागि आकाश चन्दले २७ बलमा ४५ रन र अकित चन्दले २३ बलमा २२ रन बनाए ।
लिटिल बुद्धका लागि बलिङ्गमा श्याम भट्टले ३, र योगेश खत्री, कुनाल बिष्ट र आर्यन विष्टले समान २÷२ विकेट लिए ।
जवाफी व्याटिङ्गमा लिटिल बुद्ध १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो ।
लिटिल बुद्ध एकेडेमीका लागि कुनाल बिष्ट र योगेश खत्री २४ र १४ रन बनाए । इन्टरनेशलका प्रिन्सि भण्डारीले ३.४ ओभर बलिङ्ग गर्दै ३ रन खर्चेर ६ विकेट लिन सफल भए ।
प्रिन्स भन्डारी ले लिएको छ विकेट नै प्लेयर अफ दि म्याचका लागि घोषित गरिए ।
होली फेमली स्कुलले भीमदत्त नगरपालिको सह प्रायोजनमा गरेको प्रतियोगितामा १८ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र उप विजेताले नगद ३१ हजार १ सय ११ पुरस्कार सहित ट्रफी पाउने छन् ।
यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता जेठ २३ गते समापन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए ।

