ghar sansar

बैजनाथमा बक्तृत्वकला

little buddha academy
khasi

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयमा विश्व वातावारण दिवसको अवसरमा पारी वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले समृद्ध भविष्यको आधार; जलवायु एवं प्रकृतिमैत्री विकास नारा सहित गरेको प्रतियोगितामा विभिन्न विद्यालयमा १२ विद्यार्थीले भाग लिएका छन् ।

dirghayi clinic

जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्रीले गरे ।

कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख लक्ष्मीराज जोशी, विद्यार्थी, शिक्षक कर्मचारी लगायतका सहभागी भएका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्रराज जोशीले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...