ghar sansar

भीमदत्तका किसानलाई मलखाद माग्दै कृषि सामाग्री केन्द्र पुग्यो भीमदत्त नगर सहकारी सञ्जाल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका किसानलाई धान रोपाईका लागि मलखाद माग्दै भीमदत्त नगर सहकारी सञ्जालका पदाधिकारी कृषि सामाग्री केन्द्र लिमिटेड पुगेका छन् ।

सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल सहित पदाधिकारीले कम्पनीका शाखा प्रमुख हेमराज जोशीलाई भेटेर मलखाद व्यवस्था गर्न माग गरेका छन् ।

,orning glory badhai

अध्यक्ष खरेल सहित सचिव दशरथ धानुक, डम्मरी ठगुन्ना र मदनराम एस्के लगायतले धान खेतीका लागि तत्काल मलखाद उपलब्ध गराउन कार्यालय प्रमुखससित आग्रह गरे ।

धान रोपाइ सुरु गरेका किसान नपाएर सहकारी संस्था धाएर गुनासो गर्न थालेपछि उनीहरु कम्पनी पुगेका छन् । कम्पनीमा गुनासो राखेर उनीहरु भीमदत्त नगरपालिका गएका छन् ।

यस वर्ष धान रोपाइ सुरु हुँदा पनि मल आएको छैन । मलखाद नआएपछि कम्पनीले अहिलेसम्म वितरण गर्न नसकेको हो । मलखाद आउने टुङ्गो नभएको कार्यालयले जवाफ दिएको छ ।

कम्पनीले जिल्लाभर सहकारी मार्फत किसानलाई मलखाद वितरण गर्दै आएको छ ।

dirghayi clinic

सहकारी सञ्जालका अध्यक्ष खरेलले कार्यालय प्रमुख जोशीलाई धान खेतीका लागि जसरी भए पनि मल उपलब्ध गराउन माग राखे ।

धान खेतीका लागि डिएपी मल पाउन नसकिने अवस्था भएको खरेलले बताए ।

कार्यालययले यस अघि चालु आर्थिक वर्षको कोटाबाट गोदाममा मौज्दात मल बिक्री गरेको थियो । अहिले मौज्दात मल पनि सकिएको छ ।

गहुँ खेतीका लागि आएको केही युरिया केही सहकारीले नलगेपछि गोदाममा मौज्दात थियो । कार्यालयले केही दिन अघि सूचना सार्वजनिक गरी मौज्दात मल सहकारीलाई वितरण गरेको थियो ।

अहिले गोदाममा गहुँ खेतीका लागि आएको ५ सय मेट्रिक टन युरिया मात्रै बाँकी छ । किसानलाई डिएपी चाहिने भएकाले सहकारी सञ्जाल दबावका लागि कार्यालय पुगेको छ ।

कम्पनीका शाखा प्रमुख जोशीले मौज्दात मलबाट सहकारीलाई वितरण गरिएको र धान खेतीका लागि मल नआएको बताए ।

गोदाममा डिएपी मल नभएको कार्यालय प्रमुख जोशीले बताए ।

Himal dental
सम्बन्धित
Loading...