

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय( साधारण) स्कुलमा नव निर्मित प्रयोगशाला उद्घाटन गरिएको छ । विद्यालयको आन्तरिक स्रोतबाट निर्मित २ तले भवनको सोमबार भीमदत्तका मेयर पदम बोगटीले उद्घाटन गरेका छन् ।

२ तले भवनका ६ कोठामा प्रयोगशाला राखिएको छ । यस अघि विद्यालयको पूरानो भवनमा प्रयोगशाला थियो । प्रयोगशालाका छुट्टाछुट्टै कोठामा कम्प्युटर, बायो, फिजिक्स, केमिस्ट्री ल्याब राखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, विद्यालयका पूर्व प्रधानाध्यापकद्वय उदयप्रकाश साउँद, ललित साउँद, वर्तमान प्रधानाध्यापक देबराज भट्ट लगायतका व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी थिए ।

