

महेन्द्रनगर । निर्माण व्यवसायी लोक बहादुर ठकुराठी सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको सल्लाहकार चयन भएका छन् । प्रदेश समितिको बैठकले ठकुराठीलाई सल्लाहकार चयन गरेको हो । ठकुराठी निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
निर्माण व्यवसाय क्षेत्रमा ठकुराठी शालिन, भद्र र बौद्धिक व्यवसायी रुपमा परिचित छ्न । उनी लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा आवद्ध छन् ।


डडेल्धुरा पुख्र्यौलीका ठकुराठी भीमदत्त १८ गोबरैयाका बासिन्दा हुन । ठकुराठी परिवार पुख्र्यौली रुपमा निर्माण व्यवसायमा आबद्ध छ । ठकुराठीले २०४५ देखि निर्माण व्यवसाय थालेका हुन् । ठकुराठ िनिरज कन्स्ट्रक्सनका सञ्चालक हुन् ।
सल्लाहकार ठकुराठी व्यवसाय बाहेक बिभिन्न सामजिक तथा धार्मिक संघ संस्थामा पनि आवद्ध छन् ।
ठकुराठीका सहोदर भाई योगेन्द्र पनि निर्माण व्यवसायमा सक्रिय छ्न । दाई लोक बहादुरलाई व्यवसायमा सहयोग गर्दागर्दै व्यवसायमा आएका उनी निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान महासचिव हुन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले सल्लाहकार ठकुराठीलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

