ghar sansar

कञ्चनपुरमा मृतकलाई समेत सामाजिक सुरक्षा भत्ता

khasi

महेन्द्रनगर । कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ। यहाँका सात स्थानीय तहले १८७ जना मृतकको खातामा १५ लाख सात हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेका हुन् ।

शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ मा ३५ जना मृतकको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ। नगरपालिकाले सो आवमा दुई लाख ५९ हजार १११ रुपियाँ मृतकको खातामा भत्ता निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसका साथै शुक्लाफाँटा नगरपालिकाले एक जनालाई ८४ हजार रुपियाँ दोहोरो भत्ता तथा एक जना विधवा विवाहितको खातामा पनि भत्ता निकासा गरेको छ ।

लालझाडी गाउँपालिकाले पनि आव २०८१÷८२ मा अन्य ज्येष्ठ नागरिक भत्ता, अति अशक्त अपाङ्गता भत्ता, ज्येष्ठ नागरिक (दलित) भत्ता लाभग्राहीको मृत्यु भएको एक वर्षसम्म निकासा गरेको पाइएको छ ।

dirghayi clinic

गाउँपालिकाले सो आवमा १३ जना मृतकको खातामा ९२ हजार २७३ रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनले पुष्टि गरेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी अन्य ज्येष्ठ नागरिक भत्ता अन्तर्गत एक मृतक पुरुषको खातामा तेस्रो किस्ताको ३० हजार ४५२ रुपियाँ निकासा गरिएको छ ।

त्यसै गरी जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाले आव २०८१÷८२ मा चार लाख २० हजार १९६ रुपियाँ मृतकका खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ। सो पालिकाले ३३ जना ज्येष्ठ नागरिक, एकल महिला तथा दलितका खातामा मृत्यु भएपछि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको लेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ। भीमदत्तले सबैभन्दा बढी वडा नम्बर १६ का ज्येष्ठ नागरिक पुरुषको निधनपछि ३८ हजार ६६७ रुपियाँ निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।

बेलौरी नगरपालिकाले पनि आव २०८१÷८२ मा १७ जना विधवा, अन्य ज्येष्ठ नागरिकको मृत्यु भएपछि खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सबैभन्दा बढी वडा नम्बर ७ का मृतक ज्येष्ठ नागरिकको खातामा २६ हजार ६२० गरी १७ जना मृतकको खातामा एक लाख ३० हजार २५७ रुपियाँ निकासा गरेको उल्लेख छ ।

वेदकोट नगरपालिकाले पनि सोही आवमा दुई लाख ६० हजार रुपियाँ मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ। महालेखा परीक्षकको कार्यालयले मृत्यु भएका व्यक्तिको खातामा निकासा गरिएको सो रकम खाताबाट फिर्ता ल्याएर सङ्घीय सञ्चित कोषमा दाखिला गर्न लगाएको छ ।

Himal dental
सम्बन्धित
Loading...