ghar sansar

सुदूरपश्चिम विश्वविद्यालयमा हुँदै छन् अढाई हजार हजार विद्यार्थी दीक्षित

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आज शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा छैटौँ दीक्षान्त समारोह आयोजना हुन लागेको छ ।

यस समारोहबाट करिब अढाई हजार विद्यार्थी एकै पटक दीक्षित हुन लागेका छन्। विश्वविद्यालयका अनुसार दुई हजार चार सय ८९ विद्यार्थी दीक्षान्तमा सहभागी हुने बताइएको छ ।

,orning glory badhai

विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा हुने दीक्षान्त समारोहमा भौतिक रूपमा भने सात सय ६७ विद्यार्थी मात्र सहभागी हुने जानकारी दिइएको छ ।

dirghayi clinic

परीक्षा नियन्त्रण कार्यालयकी परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार विश्वविद्यालयका ६ वटै संकायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकै पटक दीक्षित हुन लागेका हुन् ।

संकायगत रूपमा मानविकी तर्फ ५०७ मध्ये १८२, व्यवस्थापन तर्फ ७८२ मध्ये २३९, शिक्षा संकाय तर्फ ८९० मध्ये २४२, विज्ञान तथा प्रविधि संकाय तर्फ ८६ मध्ये १८, इन्जिनियरिङ तर्फ १२२ मध्ये ५३ र कृषि विज्ञान संकाय तर्फ १०२ मध्ये ३३ विद्यार्थी भौतिक रूपमा सहभागी हुनेछन् ।

यस दीक्षान्त समारोहमा चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक वितरण गरिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन संकायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान संकायका कैलाशराज भट्टले प्राप्त गर्नेछन् । चान्सलर पदकका लागि छात्रा रेखा भट्टले उच्च अदालतमा रिट दायर गरेपछि उक्त पदक हालका लागि स्थगित गरिएको जनाइएको छ ।

स्वर्ण पदक ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्टले पाउने भएका छन् । त्यस्तै, डिन पदक मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदलाई प्रदान गरिनेछ। यस वर्ष चार विद्यार्थीले पहिलो पटक डिन पदक प्राप्त गर्न लागेका छन् ।

Himal dental
सम्बन्धित
Loading...