ghar sansar

कैदीबन्दीका गुनासै गुनासा सुनेर फर्कियो संसदीय समिति

little buddha academy
khasi

महेन्द्रनगर । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको अनुगमन गरेको छ ।

शुक्रबार जिल्लाका सुरक्षा निकाय प्रमुखसहित संसदीय टोलीले अनुगमनका क्रममा समितिले कारागारभित्र रहेका कैदीबन्दीहरूले भोगिरहेका कानुनी, भौतिक तथा बसोबाससम्बन्धी समस्याबारे छलफल गरेको थियो ।

,orning glory badhai
dirghayi clinic

छलफलमा कैदीबन्दीहरूले जीर्ण भवनका कारण दैनिक जीवन अत्यन्त जोखिमपूर्ण बनेको, कानुनी झन्झटका कारण अनावश्यक दुःख भोग्नुपरेको गुनासो गरेका छन् ।

कारागारमा रहेका कैदी दानसिंह ठकुराठीले रातिको समयमा छतबाट इँटा खस्ने डर, वर्षायाममा त्रिपालबाट पानी चुहिने अवस्था र सुरक्षित रूपमा सुत्न नसकिने गम्भीर समस्या रहेको बताए । चर्को गर्मीमा विद्युत् समस्या, पानी पर्दा नांगो तारका कारण करेन्ट लाग्ने जोखिमसमेत रहेको उनको भनाइ छ ।

भवन जीर्णसँगै योग, खेलकुद तथा अन्य सुधारात्मक गतिविधिका लागि आवश्यक सामग्रीको अभाव, सिदा भत्ता, निःशुल्क औषधी नपाइने समस्या, उपचार खर्चको अभाव तथा कैद छुट, स्थानान्तरण र सीपमूलक तालिमसम्बन्धी समस्या पनि कैदीबन्दीहरूले संसदीय टोलीसमक्ष राखेका थिए । अदालतले तोकेको भन्दा बढी कैद भोग्नुपरेको तर अभिलेख अद्यावधिक नहुँदा समस्या भइरहेको गुनासो पनि उठाइएको छ ।

अनुगमन टोली सदस्य रेखा कुमारी यादवले देशभरका कारागारको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको बताउँदै प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिइन् । उनले धेरै कैदीबन्दी कानुनी जटिलताका कारण जेल जीवन बिताइरहेको भन्दै कानुनी सुधारको आवश्यकता औंल्याइन् ।

Himal dental
सम्बन्धित
Loading...