ghar sansar

सुकासाल चौराह मूल नहर सडक प्राथमिकता भएको वडा अध्यक्ष अवस्थीको भनाई, पूर्व मुख्यमन्त्री रावल र आन्तरिक मामिला मन्त्रीसित बजेट विनियोजनका लागि आग्रह

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीले शुक्लाफँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारदेखि मूल नहरसम्म सडक मर्मत कार्य प्राथमिकतामा रहेको बताएका छन् ।

स्थानीयले मर्मत नभएको भन्दै शनिबार सवारी आवागमन बन्द गरी सडकमा धान रोपाई गरेका थिए ।

वडा अध्यक्ष अवस्थीले आइतबार सामाजिक सञ्जालबाट सडकमा धान रोपाई गरिएको जानकारी आएको र आफू सडक मर्मतका लागि सधैं प्रतिवद्ध भएको धारणा सार्वजनिक गरेका छन् ।

वडा अध्यक्ष अवस्थी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हुन् । उनले बिहीबार सडक मर्मत र ग्राभेलका लागि टोल विकास समितिका अध्यक्ष सहित स्थानीयसित छलफल गरिएको जानकारी दिएका छन् ।

टोल समितिसित छलफल अनुसार सडकमा ग्राभेल हाल्न सुरु गरिएको वडा अध्यक्ष अवस्थीले बताए ।

dirghayi clinic

अवस्थीका अनुसार शुक्रबार नहर किनार पिपल चौतारामा टोल अध्यक्ष रमेश खड्का, टेक ठकुराठी,पुष्कर ठकुराठी, करन खडका, जगी खड्का, शेर बहादुर ठकुराठी लगायतसित छलफल गरिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘ग्राभेल हाल्ने भनी कुरा भै फोन नं. आदानप्रदान भएर भोलि ग्राभेल हाल्ने भनेपछि रोपाई भएको देख्दा मलाई अच्चम लागेको छ’ अवस्थीले भनेका छन् ।

वडा अध्यक्ष अवस्थीले टोलबासीका समस्या समाधानका लागि आफू सधैं तयार रहेको समेत प्रतिवद्धता दोहो¥याएका छन् ।

वडा अध्यक्ष अवस्थीले सडक मर्मत र कालोपत्रेका लागि बजेट विनियोजनका लागि सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासित सार्कीसित कुराकानी भएको जानकारी दिएका छन् ।

दुबैले आगामी आर्थिक वर्ष सडक मर्मत र कालोपत्रेका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएको वडा अध्यक्ष अवस्थीले बताए ।

‘बाटोको समस्या फोनबाट आदरणीय पूर्व मुख्यमन्त्री राजेन्द्र रावलज्यू, आदरणीय कानुन मन्त्री हिरा सिह सार्कीज्यूलाई जानकारी गराउँदा उहाँहरूको संसद विकास कोषबाट कालोपत्रेका लागि बजेट विनियोजन भई यो आर्थिक वर्षमा सम्पन्न हुने टोल बासिमा जानकारी गराउँदै मन्त्रीज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...