

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले गैर सरकारी संस्था महासंघ कञ्चनपुरलाई सहयोग गरेको छ । महासंघलाई एक थान कप्युटर,एकथान प्रिन्टर,एकथान कुर्सी र टेबुल सहयोग गरिएको छ ।
भीमदत्त नगरपालिका कार्यवाहक नगरप्रमुख निलम लेखक जोशीले गैर सरकारी संस्था महासंघका अध्यक्ष अमिर तिरुवा लगायतको महासंघ टिमलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।


उनले महासघले सधै हामी सरकारी निकायलाई सहयोग गरिरहेको र सरकारी निकाय नपुगेको ठाउमा समेत गई गैससहरुले काम गरिरहनु भएकोमा धन्यवाद दिएकी छिन् ।
महासंघ अध्यक्ष अमिर तिरुवाले पालिकालाई धन्यवाद दिदै २०७४ सालको पानीले महासंघका सबै भौतिक समानहरु नष्ट भएकोले महासंघलाई सञ्चालनका लागि सामग्री कुनै पनि नभएको बेला यो ठूलो सहयोग भएको भन्दै उप प्रमुख सहित कार्यालयलाई धन्यवाद दिए ।
कार्यक्रममा भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन धामी, ४ का अध्यक्ष सुशिल कुमार भट्ट, महासंघका प्रदेश सदस्य बिमला भट्ट,महासंघका जिल्ला सचिव शारदा जोशी,सदस्यहरु सिता बोहरा,बिनोद बिक्रम जैरु, ईश्वर उपाध्याय लगायत सहभागी भएका छन् ।

