ghar sansar

आफ्नै निर्णय मिचेर रिक्त दरबन्दीमा शिक्षक पदस्थापन गर्दै भीमदत्त, निर्णय कार्यान्वयनको माग गर्दै शिक्षा शाखामा निवेदन दिँदै शिक्षक

morning glory
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आफ्नै निर्णय विपरित रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न थालेपछि शिक्षक वृत्तमा तरङ्ग ल्याएको छ ।

भीमदत्तले गत बैशाखमा शिक्षक दरबन्दी मिलानमा नगरपालिकाको दुर्गम क्षेत्रका शिक्षकलाई ज्येष्ठताका आधारमा रिक्त दरबन्दीमा ल्याउने निर्णय गरेको थियो ।

,orning glory badhai

पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल बनाएर दरबन्दी मिलान गरेको थियो । नगरपालिकाले कार्यदलको सुझाव मिचेर शिक्षक सरुवा र विद्यालय समायोजन समेत गरेको थियो ।

कार्यदलको सिफारिशपछि नगर कार्यपालिका बैठकले दुर्गम क्षेत्र खल्ला मुसेट्टीका विद्यालयमा कार्यरत शिक्षकलाई ज्येष्ठताका आधारमा महेन्द्रनगर आशपासका विद्यालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

dirghayi clinic

अहिले नगरपालिका आफैंले गरेको यो निर्णय मिचेर रिक्त शिक्षक दरबन्दीमा पदपूर्ति गर्न थालेपछि शिक्षक वृत्तबाट असन्तुष्टि व्यक्त हुन थालेका छन् ।

हालसम्म शिक्षक अवकाश भएका दुई विद्यालयका रिक्त दरबन्दीमा बाहिरबाट शिक्षक सरुवा भएर आएका छन् । अहिले फेरि अर्को विद्यालयका शिक्षकले अवकाश पाएर रिक्त भएपछि बाहिरबाट ल्याउने चर्चा बाहिर आएको छ ।

खल्ला मुसेट्टीका विद्यालयमा कार्यरत केही शिक्षकले रिक्त दरबन्दीमा पदस्थापनका लागि शिक्षा शाखामा निवेदन दिएका छन् ।

रिक्त दरबन्दीमा बाहिरबाट शिक्षक पूर्ति गर्ने क्रम बढेपछि शिक्षकहरु निवेदन लिएर आफै नगरपालिका कार्यालय पुगेका छन् ।

खल्ला मुसेट्टी क्षेत्रलाई भीमदत्तको दुर्गम क्षेत्र मान्ने गरिएको छ । खल्ला मुसेट्टीका शिक्षकलाई घर पायक ल्याएर जिल्ला बाहिरका शिक्षकलाई खल्ला सरुवा गरी ल्याउने गरी भीमदत्तले निर्णय गरेको थियो ।

शिक्षक सरुवामा ठूलो आर्थिक लेनदेन हुने गरेको बताइन्छ । जिल्ला बाहिरबाट आउने शिक्षकले लाखौं खर्च गर्न पर्ने शिक्षकहरु बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...