ghar sansar

कुतियाकवरमा कटान रोक्न बनाइएको पाँच करोडको तटबन्ध आकाशे पानीले जमिन नै कटान भएर धकेलियो नदीतिर

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरस्थित जोगबुडा नदी र महाकाली नदी दोभान नजिक जग्गा कटान रोक्न गत चैतमा जलस्रोत तथा सिँचाई व्यवस्थापन आयोजना र शंकर कन्स्ट्रक्सनबीच ५ करोडमा तटबन्ध निर्माण सम्झौता भयो ।
निर्माण कम्पनीले सम्झौता अनुसार ८ सय मिटर तटबन्ध निर्धारित समयभित्र गरेपछि आयोजना कार्यालयबाट असार मसान्तभित्रै सबै भुक्तानी गरिएको छ ।

महाकाली र जोगबुडा नदी कटान रोक्न निर्माण गरिएको तटबन्ध बस्ती र खेतबारीको पानीले जमिन कटान हुँदा नदीतिर धकेलिएपछि वस्ती चिन्तित हुन पुगेको छ ।

,orning glory badhai

तटबन्धको झण्डै ५० मिटर क्षेत्रमा जमिन कटान भएर भाएिको छ । त्यसमध्ये तटबन्धको केही भाग नदीतिर धकेलिन पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कोइराला जिल्ला सबै सुरक्षा निकायका प्रमुख र सरोकारावाला लिएर तटबन्ध हेर्न पुगेका छन् । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु अधिकाँश समय कुतियबारलाई दिएका छन् । जमिन भाँसिएर बनेको खाल्डो माटोले पुर्न मेयर आफैं खटिएका छन् ।

मेयर लिम्बुले सामाजिक सञ्जालबाट श्रमदानका लागि आव्हान गरेका थिए । त्यसको अर्को दिनेखि कट्टामा माटो भर्ने कार्य थालिएको छ । भासिएको खाल्डोमा एक हजार पाँच सय कट्टा लाग्ने अनुमान छ । बिहीबारसम्म खाल्डोमा आधा भन्दा बढी कट्टा हालिएका छन् ।

तटबन्धको अन्दाजी ५० मिटर क्षेत्रमा जमिन भाँसिएर खाल्डो बनेको छ । जमिन भाँसिएपछि तटबन्धको केही भाग नदीतिर धककेलिएको छ ।

दोधारा चाँदनीका मेयर लिम्बुले तटबन्ध निर्माणपछि पानीको निकास थुनिएर जमिन कटान हुने अवस्था आएको बताए ।

‘पहिला त्यहाँ पानी छरिएर सबैतिर जान्थ्यो, त्यसमध्ये धेरै पानी खोला भएर बग्थ्यो’ मेयर लिम्बुले भने, ‘अहिले तटबन्धले रोकि दियो, त्यहीं पानीले निकास रोकियो, जमिन कटान हँुदै गयो ।’

कुतियाकबरमा जसरी पनि बाढी रोक्नु पर्ने बाहेक अन्यत्र ध्यान जान नसकेको मेयर लिम्बुले बताए ।

‘जसरी नि जोगबुडा रोक्ने ध्यान गयो, अन्यत्र ध्तान नै गएन’ उनले भने ।

dirghayi clinic

बस्ती र खेतबारीको पानीको निकास व्यवस्था गरी तटबन्धलाई हुने क्षति र जग्गा कटान रोक्न सकिने मेयर लिम्बु बताउँछन् ।

‘पानी निकास हुने ठाउ छाडि दिए हुने हो, त्यो पानी एक चोटी खोलामा झार्न सकिन्छ’ उनले भने, ‘नोक्सान केही भएको छैन, तटबन्ध भत्किने खतरा छैन ।’

भारतीय सीमा क्षेत्र नजिक तटबन्ध नदीतिर तटबन्ध धकेलिएको छ । भारतीय सीमासम्म पुग्न थप ३५ मिटर तटबन्ध चाहिने प्राविधिकहरु बताउँछन् ।

दोधारा चाँदनी १० कुतियाकबर बस्ती सधैं बाढीको उच्च जोखिममा हुने गर्छ । पश्चिममा जोगबुडा र उत्तर महाकाली नदी छ । बस्तीका वासिन्दा यी दुबै नदीको त्रास हुने गर्छन् ।

सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको मूल्याङ्कनमा राम्रो तटबन्ध निर्माण कार्यको सूचीमा राखिएको छ ।

आयोजना प्रमुख रञ्जनराज भट्टराई तटबन्ध निर्माण कार्यलाई एकदम राम्रो भन्छन् ।
‘तटबन्ध त एकदम त राम्रो हो भन्छन, भूगोल र पानी निकासको समस्याले जमिन कटान भएको हो’ आयोजना प्रमुख भट्टराइले भने ।
तटबन्ध निर्माण अघि आकाशे पानीले कटान गर्ने कुरा सोच्न नसकिएको भट्टराइले बताए ।

आकाशे पानीले जग्गा कटान गरेपछि त्यसलाई रोक्न योजान बनाइने उनी बताउँछन् ।

‘बाढीले काटेको होइन, पानी निकास नभएर हो, अब त्यहाँ समान्यतया नर्मल कति पानी आउँछ, त्यस अनुसार योजान बनाएर अघि बढ्छौ’ उनले भने ।

जमिन कटान भएपछि आयोजना प्रमुख भट्टराई प्राविधिक लिएर त्यहाँ पुगेका थिए । अहिले आयोजनाले खाल्डो पुर्न कट्टामा उपलब्ध गराएको छ ।

दशगजा क्षेत्र बाहेक नेपाली भूमिमा तटबन्ध निर्माण गरिएको छ । भारतसित सहमति गरी यस वर्ष थप तटबन्ध निर्माण आयोजनाले गर्नेछ ।

आयोजनाका सूचना अधिकारी कर्ण बहादुर रोकायाले कटान गरिएको क्षेत्रमा तत्काल थप कार्य गर्न सकिने अवस्था नभएकाले कट्टामा माटो भरान गरी आकस्मिक रोकथामका कार्य थालिएको बताए ।

‘तटबन्ध निर्माणमा समस्या नभएर पानीको निकास नभएको यस्तो भएको हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...