ghar sansar

सृजनशिल सहकारीको १८ औं स्थापना दिवसमा रौटेला वृद्धाश्रममा खाद्यान्न र फलफूल वितरण

khasi

महेन्द्रनगर । सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले १८ आंैं स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ ।

बेदबोट नगरपालिका ८ रौटेलास्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिमा ज्येष्ट नागरिकलाई खाद्यान्न वितरण गरेको छ । खाद्यान्नसंगै फलफूल पनि वितरण गरिएको छ ।

,orning glory badhai

सहकारीका सञ्चालक समिति सदस्य मनोज कुमार विष्ट सहितले समान हस्तान्तरण गरे ।

सहकारीका वरिष्ठ अधिकृत महेन्द्रनगर शाखा प्रमुख महादेब नाथले स्थापना दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाईदै आएकोमा यस वर्ष रौटेलामा खाद्यान्न र फलफूल वितरण गरिएको जानकारी दिए ।

dirghayi clinic

कार्यक्रममा महेन्द्रनगर र दोधारा चाँदनीका शाखाका कर्मचारी सहभागी भए । वृद्धाश्रमका संरक्षक बहादुर सिह विष्टलाई खाद्यान्न लगायतका समान हस्तान्तरण गरियो ।

दुई बोरा चालम सहित दाल, तेल, नून, मिठाई, स्याउ केरा लगायतका समान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सहकारी सञ्चालक सदस्य विष्ट सहित वरिष्ठ अधिकृत नाथ, वरिष्ठ सहायकहरु राजेन्द्र शाह, तिर्थ बहादुर ऐर लगायत कर्मचारी सहभागी भएका छन् । सहकारीको दैजी र बाणी सेवा केन्द्रका कर्मचारी पनि सहभागी भए । 

सृजनशिल सहकारीको प्रधान कार्यालय शुक्लाफाँटा नगरपालिका १० स्थित झलारीमा छ । महेन्द्रनगर सहित विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालन गरिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...