ghar sansar

सामुदायिक वन दिवस मनाइयो, बेदकोट सामुदायिक वनमा वृक्षारोपण

khasi

महेन्द्रनगर । सामुदायिक वन दिवसमा बेदकोट सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख लक्ष्मी जोशी, चुरे संरक्षणका अध्यक्ष रबिन्द्र कुवर लगायत सामुदायिक वनका पदाधिकारी, वन उपभोक्ता, स्थानीय सहभागी भएका छ्न ।

सामुदायिक वन महासङ्घ बेदकोट नगर समिति अध्यक्ष बिष्णु दमाईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन प्रमुख जोशी र बेदकोट सामुदायिक वनका अध्यक्ष सिताराम साउँदले मन्तव्य राखे ।

सामुदायिक वन दिवस अवसरमा गड्डाचौकीस्थित होल्डिङ्ग क्षेत्र आशपास क्षेत्रमा पनि वृक्षारोपण गरिएको छ ।

dirghayi clinic

बेदकोट सामुदायिक वन, नामा तथा डिभिजन वन कार्यालय कञ्चनपुर, सिसिएन कञ्चनपुर, बेदकोट नगरपालिका स्तरीय सामुदायिक वन तथा वन उपभोक्ता महासंघको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

धार्मिक वन निर्माण गर्ने उद्देश्यसहित विभिन्न वनस्पति तथा फलफूलका बिरुवाहरू रोपिएको छ ।

पूजाआजामा आवश्यक पर्ने वनस्पतिका साथै वातावरण संरक्षण र स्थानीय समुदायको उपयोगमा आउने फलफूलका बिरुवालाई प्राथमिकता दिइएको सामुदायिक वनका अध्यक्ष साउँदले बताए ।

डिभिजन प्रमुख जोशीले सामुदायिक वन केवल काठदाउरा उत्पादन गर्ने क्षेत्र मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे ।

रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा उपभोक्ता समूह तथा स्थानीय समुदायले विशेष ध्यान दिन आवश्यक रहेको जोशीले बताए ।

२०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा स्थानीय समुदाय र तत्कालीन वन प्रशासनबीच भएको वन संरक्षण सम्बन्धी सहमतिले नेपालमा सामुदायिक वन अभियान सुरु भएको थियो । त्यही दिनको सम्मानमा हरेक वर्ष साउन २५ गतेलाई सामुदायिक वन दिवसका रूपमा मनाउने गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...