

महेन्द्रनगर । मकवानपुरको भीमफेदीमा भएको स्कारपियो दुर्घटनामा परी घाइते लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रार सहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते अदालतका रजिष्ट्रार तारा बडु, उनकी श्रीमति लक्ष्मी, छोरा रितेन्द्र र छोरी रिता घाइते भएका हुन् । उनीहरु सबै बैतडीको दशरथ चन्द नगरपालिका ७ सु्र्कालका हुन् ।
दुर्घटनापछि उपचारका लागि भर्ना गरिएकी ४९ वर्षिया लक्ष्मीको मृत्यु भएको हो । घाइते अन्यलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
