ghar sansar

भाग्यले ठगिएकी रेखा

khasi

महेन्द्रनगर । शुक्लाफाटा नगरपालिका ५ खजुवा गर्जमुनिकी रेखा लुहारको जित लुहारसित बिबाह भएपछि निकै खुशी थिइन् ।

बेदकोट नगरपालिका ९ सुन्दरपुरकी रेखाको पिपलाडीका जितसित मागी विवाह भएको थियो । सानैमा आमा बुवाको साथ गुमाएकी उनी काकाहरुको साथ पाएर हुर्किएकी थिइन् ।

जित भारतको मद्रासमा काम गर्थे । बिबाहपछि सबै रेखाको जीवन सोचे अनुसार चल्दै थियो ।

छोराको जन्म भएपछि घर परिवारमा अर्को खुसी थपियो । यो खुसी केही दिन मात्रै रह्यो । १६ बर्षिय आयुश उठ्न सकेन । उनी उठ्न नसकेपछि खुसी एकाएक हराएर गयो । खुसीको मनभित्र चिन्ताले छट्पटी चल्न थाल्यो ।

आयुश बढ्दै गएपछि उनी जन्मजात अपाङ्गता भएर जन्मिएका थिए । उनी अहिलेसम्म उठन सकेका छैन्न । अहिलेसम्म उनी ओछ्यानमै छन् ।

आमा बाहेक अरु शब्द बोल्न सक्दैन । आमा परुली देबीलाई मात्रै भोक लाग्दा र पानीको प्यास लाग्दा आमा भनेर बोलाउँछन् ।

बुवा जितुले नेपाल भारतका बिभिन्न अस्पताल पुगाएर निको बनाउने प्रयास गरे । उनी पनि निको बनाउन नपाउदै सदाका लागि घर परिवार छाड्न पुगे ।

मद्रासमा जितुको मृत्यु भएको आयो । आयुशको चिन्ताले रन्थनिएको परिवारमा मृत्युको खबरले झन पीडा थपियो । रेखा भक्काइन, पति बियोगले झन पीडामा परिन । उनी सहारा बिहिन भइन् ।

कान्छो छोरा रमितको जन्म पछि रेखालाई केही आश लाग्न थालि सकेको थियो । जेठाको जन्मपछि बेचैन परिवारलाई रमितको जन्मले राहत दिएको थियो ।

९ बर्षका रमित जन्मेको केही महिनापछि जितुको मृत्युले फेरि परिवार पीडामा डुबेको थियो ।

रमितलाई हेर्दै रेखाले सबै पीडा थाती राखेर जीवन अघि बढाउने निर्णय लिइन् । उनी घरको सबै जिम्मेवारी लिएर अघि बढिन । ओछ्यानमै पल्टिएका आयुश र कान्छा रमित दुबैको आमा बुवा दुबै आफै भइन् ।

गाउँ घरमा मजदुरी गरी छोरा पाल्न थालिन् । जेठो आयुशको उपचार खर्च नभएर रोकियो । पाच धुरमा बनेको काठको कच्ची घर बाहेक अरु केही पनि छैन उनीसित ।

रमित विद्यालय जान थाले । रेखा चित्त बुझाउदै दिनचार्य बिताउन थालिन् । समयले फेरि रेखालाई पीडा दिन थाल्यो ।

रमितको घाटीमा गाठो देखियो । उनी फेरि समस्यामा परिन । कान्छोले आशले बसेकी उनी फेरि भक्कानिने अवस्थामा पुगिन् ।

dirghayi clinic

सर सापट र रिण निकालेर रेखाले महाकाली प्रादेशिक अस्पतालमा शल्यक्रिया गराईन । केही महिना निको भयो । रेखाले चिन्ताबाट केही राहत पाईन । रमित बिद्यालय जान थाले । रेखालाई पनि रमितको चिन्तले छाडे जस्तो लाग्यो ।

रेखा फेरि आत्तिइन । रमितको घाटीबाट पिप बग्न थाल्यो । महाकाली प्रादेशिक अस्पताल लगेर गइन । चिकित्सकले अन्यत्र लग्नु पर्ने भने पछि उनी घर फर्किन् ।

अहिले एकल महिलाको भत्ताबाट आएको रकमले उनी रमितको उपचार गराई रहेकी छन् । रेखा उनलाइ निको बनाउन भारतका अस्पताल सम्म लगकी छन् ।

जेठोको हालत यस्तो, कान्छो पनि यस्तो भो, सासु बुहरीको भाग्य नै यस्तै रहेछ रेखाकी सासु परुलीदेबीले भनिन् ।

श्रीमानको मृत्यु पछि बैतडीको न्वादेउबाट परुली तिन सन्तान बोकेर पिपलाडी पुगेकी थिइन् । आफन्तबाट एक कट्टा जगा किनेर घर बनाएर छोरा छोरी हुर्काइन् ।

पति बियोग, पुत्र बियोग सहेकी पारुली अहिले नातिहरुको अवस्था देखेर आफूलाई सराप्छिन् ।

‘दुःख त दुख इसा दुख कसैलाई न होउन’ परुली भन्छिन, ‘कि लेखेर आइछु, लेखेर आएछु लेखेकौ हुन्छ, भगवान सित रिस त आउछ के गरु , उमेर शोक र रोगले यसी भै बुडो भता लागि रहछ ।’

रेखाका छिमेकी पशुपति बोहरा उनीहरुको अवस्था देखेर दुख लाग्ने गरेको बताउँछिन् । ‘गट्टो लाग्दो छ, नराम्रो लाग्छ , आफूले तसाई छु बोहराले भनिन् ।

रेखा लुहारले अहिलेसम्म उपचारका लागि कही कतैबाट सहयोग पाउन सकेकी छैन । सहयोग पाएमा आफ्ना दुबै नाति राम्रो हुने आश उनी सासु परुली लुहारलाई छ ।

‘सहयोग पाए हुन्थ्यो, मेरा दुइटै नाति राम्रा हुन्थे, कोइ भगवानले देख्ला कि हजुर’ उनले भनिन् ।

छोराको मृत्युु र दुबै नातिको अवस्थाले परुली शारीरिक र मानसिक रुपमा विक्षिप्त हुन पुगेकी छन् । उनी कहिलेकाही भगवानसित रिसाउँछिन् ।

‘कि लेखेर आइछु, लेखेर आएछु लेखेकौ हुन्छ, भगवान सित रिस त आउछ उनले भनिन, उमेर शोक र रोगले यसी भै, बुडो भत्ता लागि रहेछ, यसैले भाको छ’ उनले भनिन् ।

बैतडीको न्वादेबाट दुई छोरा र छोरी ल्याएर परुलीले खजुवामा हुर्काइन । आफन्तबाट एक कट्टा जग्गा किनेर घर बनाइन । श्रीमान काशीले सधैका लागि साथ छाडेपछि उनी सन्तान पाल्न तराई झरेकी थिइन् ।

‘खोजेर खान त होला भनेर आएको हु, मुइले पाले, यहा आएर यसी ढप भै ’ उनले आफ्नो वेदना सुनाइन, ‘छोरा बुहारी नाति सबै दुख हेर्न परो ।’

उनी सरकारसित आफ्ना तीन माग राख्छिन् । ‘घर बनाई दिए, पानीको नल हालि दिए, नातिको उपचाए गरि दिए हुन्थ्यो’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...