ghar sansar

विद्यालय सुधारका लागि घरदेखि अदालतसम्म लडेका प्रमानन्द

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाटास्थित लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ महेन्द्रनगर माबि कटान हाजिर भएका छन् ।

भीमदत्त नगरपालिकाले दरबन्दी मिलानमा नाथलाई महेन्द्रनगर माबि पठाएको हो । बुधबार नाथले नगरपालिका शिक्षा शाखा पुगेर सरुवा पदस्थापन पत्र बुझेका थिए । नाथ माबि गणित बिषयका शिक्षक हुन । उनी पाच बर्षदेखि लक्ष्मीमा प्रधानाध्यापक थिए ।

महेन्द्रनगर माविमा हाजिर भएपछि नाथले अबको यात्रा महेन्द्रनगर माबि भन्दै प्रधानाध्यापक बिनोद सिंह सहितको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

नाथ सामुदायिक बिद्यालय सुधारका लागि नायकको रुपमा हेरिन्छ्न । उनले सामुदायिक शिक्षा सुधारका घरदेखि अदालतसम्म लडाई लडेका छन् ।

भीमदत्त नगरपालिकाले २०७८ मा गरेको पहिलो दरबन्दी मिलान पछि नाथ सरस्वती माबि उल्टाखामबाट लक्ष्मी माबि पुगेका थिए ।

लक्ष्मी मावि नाथका लागि नौलो विद्यालय थिएन । निजी सोतमा लक्ष्मीबाट शिक्षण सुरु गरेका उनले अस्थायी शिक्षक भएर केही बर्ष पढाएका थिए ।

नौलौ थियो शिक्षकको प्रकृति र जिम्मेवारी । उनी स्थायी शिक्षक भएपछि पहिलो पटक त्यहाँ पुगेका थिए । त्यस बाहेक उनका लागि विद्यालय चिर परिचित थियो । विद्यार्थी संख्या निकै कम एक डेढ सय थियो ।

विद्यार्थी बढाउन नाथले सुधारका काम नगरी नहुने देखे । विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीबि सबैसित छ्लफल गरे ।
सबैसित छलफल गर्दै उनी एउटा निष्कर्षमा पुगेर निजी बिद्यालयमा पढि रहेको छोरोलाई बिद्यालय भर्ना गरि दिए ।

dirghayi clinic

विद्यालयका शिक्षक कर्मचारी सबैले आफ्ना सन्तान अनिवार्य पढाउनु पर्ने नियम लागू गरी आफ्नो छोरालाई सबै भन्दा पहिला भर्ना गरे ।

बेदकोट ८ गैल नदीका नाथले छोरालाई मोटरसाइकल पछाडि राखेर ल्याउने गरेका थिए । उनका छोराले यस बर्ष एसईई पास गरि सकेका छन् ।

घरबाट निकै टाढाको विद्यालय लगेर छोरालाई भर्ना गरेपछि उनको घर परिवार असन्तुष्ट बन्यो । सम्झाई बुझाई गर्दै अघि बढ्दै उनले घर परिवारलाई मनाए । छोरालाई मनाउन पनि त्यतिक्कै मिहिनेत गरेका थिए ।

आफू बिद्यालय बाहिर हुने दिन सहकर्मी शिक्षकलाई आग्रह गरी छोरालाई विद्यालय पठाउने गरेका थिए ।

बिद्यालयमा अङ्ग्रेजी माध्यम संचालन गरेपछि बोर्डिङ्ग छाडेर विद्यार्थी आउन थाले । त्यस पछि नाथ बिरुद्ध बोर्डिङ्ग स्कुलले अदालतमा मुद्दा हाले । अदालतबाट पनि नाथले साथ पाएर बिद्यालय सुधार गर्दै प्रदेश स्तरको नमूना बिद्यालय छनौटसम्म पुगाए ।

एसईई र कक्षा ८ को नतिजा, भौतिक पूर्वाधार, बिद्यालय अनुशासन, विद्यार्थी सङ्ख्या सबैमा सुधार गरी उनी बिद्यालयबाट बाहिरिएका छन् ।

बिद्यालय भित्रको गणित पार्क नमूनाको रुपमा छ । विद्यार्थीका लागि स्कुल गाडी सन्चालन गरिएको लक्ष्मी माबिमा पाच सय बढी विद्यार्थी छन् ।

प्रधानाध्यापक भए पछि नाथ भीमदत्त सित सामाजिक बिषयका शिक्षक माग गर्दै आएका थिए । भीमदत्त बैशाख १० गते नाथलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हट्ने गरी उनी भन्दा सिनियर शिक्षक पठाई दियो ।

आफू भन्दा सिनियर आएपछि उनले प्रधानाध्यापकको जिम्मेवारी छाडे । बैजनाथ माबिबाट कृष्णानन्द भट्टलाई लक्ष्मी पठाएको हो ।

महेन्द्रनगर माबि कटानमा चन्द्रकला पन्त पछि बिनोद सिंह प्रधानाध्यापक छ्न । प्रधानाध्यापक सिंह पनि विद्यालय सुधार्न लागि परेका छन् । भीमदत्तको शिक्षा शाखामा सरुवा पदस्थापन पत्र बुझेपछि उनले सबै मिलेर महेन्द्रनगर बनाउने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...