ghar sansar

सुदूरपश्चिमका नयाँ वन मन्त्रीले गर्न सक्छन् त धौलेपानी वन फँडानीका संलग्नलाई कारवाही

khasi

महेन्द्रनगर । साउन दोस्रो साता कृष्णपुर नगरपालिका २ स्थित स्थानीयको घर अगाडि बाटोमा काठ लोड गरिएको ट्रयाक्टर छाडिएको हल्ला बाहिर आयो ।

सब डिभिजन बाणी र डिभिजन वन कार्यालय सम्म पुगेपछि सोधीखोजी भयो । काठ अन्यत्र पनि राखिएको थाह भयो ।
दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट ट्रयाक्टरमा काठ ल्याइएको थियो ।

सब डिभिजन वन कार्यालय बाणीका निमित्त प्रमुख राम मिलन राना ट्रयाक्टरमा भेटिएको सहित अन्यत्र राखिएको काठ बरामद गरी कार्यालय लिएर आए ।

सब डिभिजन बाणीका प्रमुख भरत शाह बिदा बसेपछि रानालाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

बाणी सब डिभिजन ल्याएर नाप जाच गर्दा २ सय १६ गोलियाम एक हजार चार सय ७० क्यूफिट काठ देखियो । काठ अहिलेसम्म बाणी डिभिजन वन कार्यालयमै छ ।

काठ बरामद भएपछि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले डिभिजन वन कार्यालय कंचनपुरका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई छानविनको लागि जिम्मा दियो ।

जिम्मा पाएपछि भट्ट रुख कटान गरिएको धौलेपानी राष्ट्रिय वन क्षेत्रमा पुगेर अनुसन्धान गरे । उनलाई सात दिनभित्र छानविन प्रतिवेदन पेश गर्न समय दिइएको थियो ।

बाणीमा बरामदपछि राखिएका ६६ गोलिया दिपेन्द्र स्मृति सामुदायिक वनमा भेटिएका हुन । अन्य गोलिया अलपत्र अवस्थामा भेटिएका थिए ।

दिपेन्द्र सामुदायिक वनका अध्यक्ष पुस्कर चन्दले सब डिभिजन बाणीका प्रमुख भरत शाहको मौखिक निर्देशनमा गोलिया घाटगद्दी गर्न दिइएको अनुसन्धान समितिलाई जानकारी गराएका छन् ।

चन्दले फोन गरी आफूलाई काठ घाटगद्दीका लागि निर्देशन आएको बताएका हुन् ।

बाणी सब डिभिजन प्रमुख शाह अनुसन्धान सुरु भएपछि बिदा बसेकाले छानविन समितिले अझैसम्म शाहलाई यसबारे सोध्न पाएको छैन ।

दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गर्न खोजिएको काठबारे बाणी डिभिजन प्रमुख शाहले डिभिजन वन कार्यालय कंचनपुरलाई जानकारी दिएको पाइएको छैन ।

‘घाटगद्दी गर्न मौखिक निर्देशन भएको छ, सामुदायिक वनले विज्ञप्ति निकालि सकेको छ, यी सबैबाट बाणी सब डिभिजन प्रमुख यो काठ कटानमा सुरु देखि नै संलग्न छ्न भन्ने देखिन्छ’ डिभिजन वन कार्यालयका एक वन अधिकृतले भने ।

कैलाली डिभिजन वन कार्यालयले गत बर्ष क्षेत्राधिकार नाघेर कंचनपुरमा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट एक सय ७९ रुख काट्न अनुमति दिएको थियो ।

कैलाली डिभिजनले पनि काठ कटान सम्बन्धि जानकारी नदिएर घाटगद्दीसम्म पुगाएको थियो ।

dirghayi clinic

डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख लक्ष्मी जोशीले काठ कटान सम्बन्धि कुनै पनि जानकारी नभएको बताए ।
कैलालीको काठ कंचनपुरमा घाटगद्दी गर्न वन कार्यालयसित समन्वय गरिनु पर्ने उनले बताए ।

कैलाली धनगढीको जलपादेबी समिलले काठ कटान अनुमति पाएको थियो । त्यो मिलले अत्तरियाको अर्को मिललाई जिम्मा दिएपछि त्यही मिलले स्थानीयलाई काठ ढुवानीको जिम्मा दिएको थियो ।

डिभिजन वन कार्यालयका अनुसार कैलाली डिभिजनले फागुनमा छ्पान सुरु गरी चैत २९ गते वन पेशी दिएको थियो ।

कटान गरिएको रुखलाई त्यसपछि कटान क्षेत्र बाहिर घाटगद्दी गर्न पाउने र त्यस अवधिमा हुन नसके क्षेत्रीय वन निर्देशनालयको अनुमति लिएर जेठमा घाटगद्दी गर्न सकिने व्यवस्था छ ।

धौलेपानी काटिएको काठ साउनमा मात्रै घाटगद्दीका लागि ल्याइएको हो । घाटगद्दी गर्न ल्याएको काठसित निर्देशनालयको पत्र नभएको अनुसन्धान क्रममा भेटिएको छ ।

कैलाली डिभिजन वन कार्यालयले हाल सम्म रुख काटिएको जानकारी अनुसन्धान टोलीलाई उपलब्ध गराएको छ ।

कैलाली डिभिजनले रुख कटान सम्बन्धि जारी पत्रमा त्यस क्षेत्रलाई केलागाड धौलेपानी भनेर उल्लेख गरेको छ ।

केलागाड कैलालीमै पर्छ । कंचनपुरको वन क्षेत्र समेत पर्ने गरी त्यहा २ सय ७१ हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ ।

यो वनको ९४ हेक्टर वन क्षेत्र कंचनपुरमा पर्छ । त्यस सिद्ध बैजनाथ सामुदायिक वनमा पनि रुख कटान गरिएका थिए । कैलाली डिभिजन वनले कटान आदेश दिएको थियो ।

अहिले कैलाली डिभिजनले कंचनपुरको वन क्षेत्रभित्र आएर कटान गरेको छ । रुख कटान गरिएको क्षेत्र कैलाली सीमा भन्दा नजिकमा चार सय र बढीमा एक किलोमीटर दुरीमा छ ।

काटिएको भनिएका ६६ रुखका २ सय गोलिया बाणी डिभिजन र बाकी १ सय ८ वन क्षेत्रमा छन् ।

डिभिजन वन कार्यालय कंचनपुरले वरिष्ठ वन अधिकृत बिश्वेश्वर प्रसाद जोशीलाई अनुसन्धानको जिम्मा दिएको छ ।

जोशीले हाल सम्म बाणीमा बरामद काठ र फिल्ड हेर्ने कार्य भएको बताए ।

बर्खा याम भएकाले धौलेपानी पुग्न सहज छैन । चुरेसित जोडिएको धौलेपानीमा सालको घना जङ्गल छ । कटान गरिएको जङ्गल पुग्न आधा घण्टा दुरीमा चार गोठ छन् ।

कृष्णपुर नगरपालिका १ को निगाली र ४ को सिस्ने सिमसार क्षेत्र धौलेपानी पुग्न सकिन्छ । सिस्ने सिमसार क्षेत्रमा हात्ती बास बसेकाले अहिले यो बाटो हिडडुन गर्न सकिएको छैन ।

अहिले कञ्चनपुरका प्रकाश रावल सुदूरपश्चिम सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री भएका छन् । धौलेपानी काठ फँडानी चर्किएका बेला रावलले मन्त्रालयको नेतृत्व गरेका छन् ।

रावल मन्त्री नियुक्त भएपछि धौलेपानी काठ कटान सम्बन्धि रावलले चाल्ने कदमलाई लिएर चासो देखिन थालेको छ ।

Himal dental
सम्बन्धित
Loading...