ghar sansar

दोधारा चाँदनीमा पेसवानको समन्वयात्मक बैठक

khasi

महेन्द्रनगर । गैर सरकारी संस्था पेसवान नेपालले सञ्चालन गरेको उतथानशिल भविष्य, बाल विवाहको अन्त्य परियोजना अन्र्तगत दोधारा चाँदनी नगरपालिका स्तरीय समन्वयात्मक बैठक गरिएको छ ।

संस्थाले अष्ट्रेलियन एडको सहयोगमा प्लान इन्टरनेशलनको साझेदारीमा यो दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गर्दै आएको छ ।

dirghayi clinic

बैठकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुखहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा किशोरी क्लबका अध्यक्ष लगायत सहभागी भए ।

बैठकमा परियोजनाले बालविवाह न्यूनीकरण तथा रोकथामका लागि समुदायस्तरमा महत्वपूर्ण र प्रभावकारी कार्य गर्दै आएको सहभागीहरूले धारणा व्यक्त गरेका थिए ।

परियोजना मार्फत सञ्चालन भइरहेका सचेतनामूलक तथा समुदायकेन्द्रित गतिविधिहरूले बालविवाहविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...